राप्रपा नेपाल चितवन अध्यक्ष खरालको घर तोडफोड
काठमाडौं-गए राति भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित अध्यक्ष खरालको घरमा तोडफोड भएको राप्रपा नेपालले जनाएको छ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले चितवन अध्यक्ष खरालको घरमा आक्रमण भएको बताए।
उनले आक्रमणको घोर भर्त्सना र निन्दा गरेका छन्।साथै अध्यक्ष खरालको घरमा आक्रमण गर्नेलाई स्थानीय प्रशासनले पहिचान गरी कानूनअनुसार कारबाहीको दायरामा ल्याउन पनि उनले माग गरेका छन्।
उनले राजनीतिक प्रतिशोधका कारण आक्रमण भएको भए त्यो अक्षम्य हुने प्रतिक्रिया दिएका छन्।
अध्यक्ष खरालको घरका सीसा फुटेका छन्।