Connect with us
Kapilvast Forest

वैवाहिक समारोहमा नाचगान गर्दा करेन्ट लागेर एकजनाको मृत्यु, सात घाइते

२०७९, ४ बैशाख आईतवारमा प्रकाशित

 

रौतहट – रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।दुर्गाभगवती गाउँपालिका–१ निवासी नरेश राउतको छोरीको विवाहको मटकोरमा सामूहिक गीत गाउने क्रममा माइकबाट करेन्ट लागेर उनकै ३० वर्षीय बहिनी सम्घरिया देवीको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ।

करेन्ट लागेर घाइते उनको उपचारार्थ यमुनामाई गाउँपालिका स्थित सुकदेवचोकमा रहेको शिवदर्शन अस्पतालमा भर्ना गरेकोमा त्यही मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते हुनेमा दुर्गा भगवती गाउँपालिका–१ पिपरा निवासी ३५ वर्षीया सिता देवी राउत, वडा नम्बर २ निवासी ३५ वर्षीया अनिता देवी राउत, वडा नम्बर ३ निवासी ६५ वर्षीया मन्तोरिया देवी, वडा नम्बर ४ निवासी ७० वर्षीया मुनी राउत, ६५ वर्षीया केबला देवी, ५५ वर्षीया सुशीला देवी, वडा नम्बर ७ निवासी ७५ वर्षीया हिरिया देवी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu