Connect with us
Kapilvast Forest

स्याङ्जामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

२०७९, ४ बैशाख आईतवारमा प्रकाशित

accident

काठमाडौं – स्याङजाको वालिङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार एक बालकसहित पाँच जनाको मृत्यु भएको हो ।

डाँडाखर्कबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिका- १२ माथिल्लो डाँडाखर्क नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा घाइते भएका चालकसहित ६ जनालाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

मृतक पाँच जनाको शव वालिङ प्राथमिकक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu