Connect with us
Kapilvast Forest

शितगंगा वडा नं १३ द्वारा ४० विद्यार्थीहरुलाई छात्रवृत्ति

२०७९, ४ बैशाख आईतवारमा प्रकाशित

अर्घाखाँची– अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा न.१३ को वडा कार्यलयले वडा भित्र रहेका सम्पुर्ण बिद्यालयबाट गरिब तथा जेहेन्दार ४० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

वडा भित्रका सम्पुर्ण विद्यालयलाई शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री वितरण गरिएको  वडा अध्यक्ष दुर्गा बहादुर बि.सि ले जानकारी दिनुभयो ।  वडामा रहेका टोलका युबाहरुलाई खेलकुदका सामाग्री बितरण गरेको अध्यक्ष विसीले बताउनु भयो ।

वडा कार्यलयमा संचालन गरिएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष दुर्गा बहादुर बि.सि ले भौतिक पुर्वाधारले मात्र वडा समृद्ध नहुने र शिक्षा नै आखाको ज्वती भएको हुदा शिक्षा जस्तो महत्त्वपूर्ण क्षेत्रमा आफुले सहकार्य गरेको बताउनु भयो  ।

शिक्षा संगै मानिस स्वास्थ्य रहे मात्रै अरु सबैकुरा अगाल्न सक्ने हुँदा स्वास्थ्यका लागी खेलकुद र रास्टको लागी खेलकुद भन्ने ।उदेश्यले युवाहरुलाई खेलकुदका सामाग्री बितरण गरेको बताउनु भयो।

बिद्यार्थी र युबाहरु छात्रवृत्ति, शैक्षिक सामग्री र खेलकुद सामाग्री पाएपछि खुशी भएका छन।

कार्यक्रममा शिक्षक विद्यार्थी ,समाजसेवी बुद्धिजिविको उपस्तिथि रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu