Connect with us
Kapilvast Forest

खोटाङमा सत्ता गठबन्धन : ६ पालिकामा सहकार्य, ४ मा प्रतिस्पर्धा

२०७९, ५ बैशाख सोमबारमा प्रकाशित

विराटनगर – सत्तारुढ गठबन्धनले खोटाङमा तालमेलको खाका तयार गरेका छन् । १० पालिकामध्ये ६ मा गठबन्धन गर्ने र चार वटामा प्रतिस्पर्धा सहमति गरेका हुन् ।

सहमति अनुसार तीन–तीन वटा पालिकाको नेतृत्व काङ्ग्रेस र माओवादीले लिनेछन् । बाँकी पालिकामा प्रतिस्पर्धा हुनेछ ।

 

नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईका अनुसार ६ वटा पालिकामा गठबन्धन गर्ने सहमति भएको छ । चार वटा पालिकामा प्रतिस्पर्धा गर्ने सहमति भएको उनले बताए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर नेपाली काङ्ग्रेस र उपमेयर माओवादी केन्द्रले लिने भएका छन् । बराहपोखरी गाउँपालिका अध्यक्ष काङ्ग्रेस र उपाध्यक्ष नेकपा एकिकृत समाजवादीले लिने सहमति भएको छ । रावबेसी गाउँपालिका अध्यक्ष नेपाली काङ्ग्रेस र उपाध्यक्ष माअ‍ोवादी केन्द्रले लिने सहमति गरेका छन् ।

 

खोटेहाङ, जन्तेढुङ्गा, ऐसेलुखर्क गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्र पाउने भएको छ । उपाध्यक्ष नेपाली काङ्ग्रेसले लिने सहमति भएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको प्रमुख–उपप्रमुखमा नेपाली काङ्ग्रेस र माओवादीले छुट्टा छुट्टै उम्मेदवारी दिने सहमति भएको छ । माओवादीले गठबन्धनका अन्य दलसँग सहकार्य गर्नेछ ।

दिप्रुङ गाउँपालिकामा नेपाली काङ्ग्रेसले कुनै दलसँग तालमेल नगर्ने भएको छ । माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीबीच मात्र तालमेल हुने भएको छ । केपिलासगढी र साकेला गाउँपालिकामा पनि काङ्ग्रेस र माओवादीबीच नै प्रतिस्पर्धा हुनेछ ।

‘जहाँ आवश्यकता त्यहाँ गठबन्धन, सबै मिलेर रोकौं प्रतिगमन’ भन्ने नारासहित गठबन्धनमा सहमति गर्‍यौं’, काङ्ग्रेस सभापति राई भन्छन्,‘ गठबन्धन दल दह्रो भएको स्थानमा स्वस्च्छ प्रतिस्पर्धा गर्छौं ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu