Connect with us
Kapilvast Forest

कपिलवस्तुमा (एसइई) को सबै तयारी पुरा, १४३ बिद्यालयका  ८ हजार ८३ बिद्यार्थी सहभागी हुने

२०७९, ५ बैशाख सोमबारमा प्रकाशित

कपिलवस्तु -कपिलवस्तुमा आउदो बैशाख ९ गते देखि सुरु ह्ने माध्यमिक शिक्षा परिक्षा (एसइई) को सबै तयारी पुरा भएको छ । २०७६ र २०७७ मा कोरानाका कारण बिद्यालयले स्वमुल्याकन गरी पठाएकोमा दुई बर्ष पछि फेरी भौतिक उपस्थितिमा परिक्षा हुन लागेको हो । केन्द्राध्यक्षको नियुक्त भई सकेको छ भने प्रश्न पत्र र उत्तर पुस्तिका सम्बन्धित स्थापना पुगी सकेको छ ।

शिक्षा बिकास तथा समन्वय ईकाईका प्रमुख थानेश्वर घिमिरेले एसईइको सबै तयारी पुरा भएको बताए । उनले परिक्षा केन्द्र र केन्द्राध्यक्ष तोकि सकिएको बताए । उत्तर पुस्तिका सम्बन्धिच केन्द्रमा पुगी सकेको छ । प्रश्न पत्र भने जिल्लामा रहेको जिल्ला प्रहरी र ईलाका प्रहरी कार्यालमया पठाई सकिएको छ । जिल्लामा २७ वटा परिक्षा केन्द्र कायम गरिएको छ । सदरमुकाम तौलिहवामा ५ र सदरमुकाम बाहिर २२ वटा केन्द्र छन ।

जिल्लामा १ सय ४३ बिद्यालयका ८ हजार ८३ जना परिक्षामा सहभागी हुनेछन । जसमध्ये नियमित तर्फ ७ हजार ८९५ र ग्रडबृद्धि तर्फ १ सय २८ जना छन । परीक्षा सुरक्षित र मर्यादितरुपमा सम्पन्न गर्न केन्द्रमा सुरक्षाकर्मी र निरीक्षक राखिने जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रजिअ धर्मेन्द्र कुमार मिश्राले बताए ।

शैक्षिकसत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । साधारण तर्फ ८ र प्राबिधिक तर्फ ११ वटा बिषयको परिक्षा हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu