Connect with us
Kapilvast Forest

सत्ता गठबन्धन : पोखरामा अड्कियो महानगरको भागवण्डा

२०७९, ५ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं -देशभरका ६ वटा महानगरपालिकामा सत्तारुढ पाँचदलीय गठबन्धनको चुनावी तालमेल पोखरामा अड्किएको छ ।सोमबार दिनभर बालुवाटारमा भेला भएर छलफल गर्दा पनि सहमति नजुटेपछि भोलि मंगलबार विहान साढे ११ बजे बस्ने गरेर शीर्ष नेताहरु उठेका छन् ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल ५ वटा महानगरको भागवण्डा सहमति नजिक पुगेको छ । नेताहरुका अनुसार काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसले लिने लगभग सहमति भएको छ । भरतपुरको मेयर माओवादी केन्द्र र वीरगञ्जको मेयर जनता समाजवादी पार्टीले पाउने छ ।

पोखरा महानगरमा भने कांग्रेस र एकीकृत समाजवादी दुबैको दाबी छ । ‘६ वटा महानगरमा होमवर्क भएको थियो । तर पोखरामा कांग्रेसको पनि दाबी रहने, एकीकृत समाजववादीको पनि दाबी रह्यो । दुबैलाई पोखरा नभए आकास नै खस्ने भयो’ एक नेता भन्छन्, ‘पोखराको अडानले अरु पनि स्थगित रह्यो ।’

 

गठबन्धन हुने नहुने पोखराको भागवण्डामा निर्भर हुने देखिएको नेताहरु बताउँछन् । ‘स्थानीयको रिपोर्ट एमाले बलियो छ, एकीकृत समाजवादीले धेरै भोट काट्दैन भन्ने छ । दोस्रो पार्टी पनि भएकाले आफ्नो दाबी स्वभाविक भएको कांग्रेस नेताहरुको तर्क छ,’ एक नेता भन्छन्, ‘एकीकृत समाजवादीका नेताहरुले हामी एमालेबाट फुटेको हो, हामीले जित्छौं भन्ने दाबी रह्यो ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu