Connect with us
Kapilvast Forest

पोखराको उपमेयरमा प्रचण्डकी बुहारी सिफारिस

२०७९, ५ बैशाख सोमबारमा प्रकाशित

पोखरा-पोखरा महानगरको उपमेयरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी सिफारिस भएकी छन्।

महानगर कमिटीको सोमबार बिहान बसेको बैठकले मेयर र उपमेयर सिफारिस गर्दा प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी उपमेयरमा सिफारिस भएकी हुन्।

अध्यक्ष प्रचण्डका दिवंगत छोरा प्रकाश दाहालले त्रिपाठीसँग दोस्रो विवाह गरेका थिए। माओवादी स्रोतका अनुसार प्रकाशले नेता पोष्टबहादुर बोगटीकी छोरीसँग डिभोर्स भएपछि त्रिपाठीसँग विवाह गरेका थिए।

सगरमाथा आरोहण गरेर फर्किएपछि प्रकाशले त्रिपाठीलाई छाडेर बिना मगरसँग विवाह गरेका थिए। प्रकाशको मृत्युपछि त्रिपाठी पोखराको राजनीतिमा क्रियाशील छिन्।

महानगर समितिको बैठकले मेयरमा प्रदेश कमिटी सदस्य विश्वप्रकाश लामिछाने, सीता खड्का र जिल्ला संयोजक बखानसिंह गुरूङलाई सिफारिस गरेको छ।

यस्तै,उपमेयरमा प्रदेश कमिटी सदस्यसमेत रहेकी त्रिपाठीसहित गोमा ढकाल र महानगर सदस्य सूर्यप्रकाश तिवारी सिफारिस भएका छन्। मेयर र उपमेयरका लागि महानगर कमिटीले सर्वसम्मत नाम सिफारिस गरेको केन्द्रीय सदस्य दीपक कोइरालाले जानकारी दिए।

पोखरा महानगरको मेयरमा नेपाली कांग्रेस र एकीकृत समाजवादीबीच रस्साकस्सी चलिरहेको छ।कांग्रेसले हैसियतभन्दा ठूलो भाग खोजेको भन्दै समाजवादीलाई गठबन्धनबाट बाहिरिएर स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरिसकेको छ।

गठबन्धनमा माओवादी केन्द्रलाई महानगरको उपमेयर दिन कुनै समस्या नभएको कांग्रेसले जनाएको छ। प्रदेश सांसदसमेत रहेका माओवादी नेता कोइरालाले महानगरका विषयमा केन्द्रले निर्णय गर्ने बताए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu