Connect with us
Kapilvast Forest

लुम्बिनी विकास कोष सल्लाहकारमा गुरुङ नियुक्त

२०७९, ८ बैशाख बिहीबारमा प्रकाशित

कपिलवस्तु- समाजसेवी तथा युवा व्यवसायी सिद्धार्थ गुरुङ लुम्बिनी विकास कोषको सल्लाहकारमा नियुक्त हुनुभएको छ । बुटबल उपमहानगरपालिका–११, कालिकानगर निवासी ३४ वर्षे नवनियुक्त सल्लाहकार गुरुङलाई कोषका योजना प्रबन्धक सरोज भटराईले स्वागत गर्नु भयो ।

साथै उहाले गुरुङलाई सल्लाहकारको नियुक्ती पत्र प्रदान गर्नु भयो । उहालाई कोषले पँ“च वर्षकालागि सल्लाहकारमा नियुक्त गरेको छ । उहा तमु युवा छोज धीः र गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका अध्यक्ष समेत हुनुहुन्छ । उहा रेष्टुरेन्ट तथा निर्माण व्यवसायमा समेत आवद्ध हुनुहुन्छ ।

विभिन्न समयमा उहाले लुम्बिनी आसपासका गरिब विपन्न र असाहयलाई लत्ताकपडा वितरण गर्नु भएको छ । ‘मानवलाई महान ज्योति, आशा र सर्वोच्य आनन्द प्रदान गर्नु भएका भगवान गौतम बुद्धलाई सधैं शान्तिकालागि उत्प्रेरित गर्ने नेपाली भूमि प्रति विदेशीको अपार श्रद्धा र नमन छ,’ उहाले भन्नु भयो, ‘नेपालीले पनि त्यस्को अनुशरण गर्नु पर्छ ।’

यस्ले अध्यात्मिक ऊर्जा र पवित्रतालाई उजागर गर्छ उनले भने । संसारभरका शान्तिकामी र विकास प्रेमीको अध्ययन केन्द्र हुन्छ । त्यसैले उहाले अब आफू लुम्बिनीलाई धार्मिक र सास्कृतिक महत्वको शान्तिधामको गन्तब्य बनाउन लागि पर्ने बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu