Connect with us
Kapilvast Forest

प्यूठानको झिमरुकमा भत्कियो गठबन्धन

२०७९, ८ बैशाख बिहीबारमा प्रकाशित

प्यूठान- प्यूठानको झिमरुक गाउँपालिकामा सत्तारुढ गठबन्धन भत्किएको छ ।राष्ट्रिय जनमोर्चाले यसअघि आफूले जितेको यो गाउँपालिकामा छाड्न नमानेपछि सत्तारुढ गठबन्धनमा आवद्ध दलले एक्ला–एक्लै चुनाव लड्ने निर्णय गरेका छन् ।

 

सत्तारुढ गठबन्धनमा आवद्ध दलको बैठकले गरेको निर्णयमा भनिएको छ, ‘तालमेलको विषयवस्तुमा छलफल गर्दा कुनै निष्कर्षमा पुग्न नसकेको हुँदा हामी गठबन्धनबीचका दलहरु मित्रवत् व्यवहार गरी निर्वाचनमा जाने निर्णय गरियो ।’

गत चुनावमा यो पालिकाको अध्यक्ष र उपाध्यक्षमा जनमोर्चा निर्वाचित हुँदा माओवादी दोस्रो, एमाले तेस्रो र कांग्रेस चौथो भएका थिए ।

 

नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहको गाउँ झिमरुकको नेतृत्व जनमोर्चालाई दिन कांग्रेस र माओवादी सहमत हुन सकेनन् ।

कांग्रेस र माओवादी एमालेसँग मिल्ने तर जनमोर्चालाई अध्यक्ष नदिने रणनीतिमा पुगेपछि सहमति हुन नसकेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu