दुर्गम पालिकाको सुगम परिचय
अर्जुन बेल्बासे ,कपिलवस्तु ,न्युज सेन्टर नेपाल -गत स्थानिय तहको चुनावबाट निर्वाचित पछि दुर्गम पालिकाले चिनिएको गाउँपालिकालाई सुगंम पालिकाको परिचयमा बदलेका गोपाल बहादुर थापालाई एमाले विजयनगरले पुन अध्यक्षमा दोहोर्याउने भन्दै एकल उम्मेदवारका रुपमा खडा गरेको छ ।
१० वटा पालिका रहेको कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका भौगोलिक रूपमा जिल्लाकै विकट पालिकाको रुपमा चिनिन्छ ।विजयनगर गाउँपालिकाको अध्यक्ष गोपाल वहादुर थापाले पालिका हाँकेको ५ वर्षमै पालिकामा आमुल परिर्वन ल्याए ।आगामि स्थानिय तहको र्विाचन आउँन अव २० दिन मात्रै छ । एमाले विजयनगरले थापालाइ पुन अध्यक्ष पदको लागि उम्मेदवारका रुपमा खडा गरेको छ । एक कार्याकाल पुरा गरेका थापाको पालिकामा मात्रै नभएर जिल्लामा पनि उनको नेतृत्वमा पालिकामा भएका कार्यहरुको समीक्षा र प्रसंसा हुने गरेको छ ।
थापाले पहिलो कार्यकालमा नयाँ योजना ,पालिकाको विकाशको परिर्वनले आफूलाई अब्बल नेतृत्वका रूपमा स्थापित गर्न सफल भए ।
। उनले पालिका भित्र शिक्षा ,स्वास्थ्य ,सडक निर्माण ,कृषि ,खानेपानी ,छोरी बचाउ छोरी पढाउ कार्यक्रम अन्तगर्त गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीको नामको बैंक खाता सञ्चालन गरी रु. १५ हजार बचत गर्ने , पर्यटन र पूर्वाधार विकासलगागतका कार्यक्रमले गाउँवासिहरुको मन जितेका छन।
थापाले पालिका भित्र पाचँ वर्षको समयमा ६५ कि मि सडक पिज गरेको बताउनु भयो । कृषि क्षेत्रको विकासका लागि पकेट क्षेत्र निर्माण, सडक सञ्जाल विस्तार ,विधुत विस्तारलगायतका विकासमा प्राथमिकता दिएको बताउनु भयो ।
- शिक्षमा परिवर्तन
विजयनगर भित्र रहेका ४७ वटा विध्यालयको भौतिक पूर्वाधार निर्माण
विध्यालयमा दिवा खाजा
मुस्लिम समुदायमा गल्र्स कलेज
गाउँपालिकाकाको एटा विध्यालय नमुना विध्यालयको रुपमास्थिापित
प्रवाधिक विषयको अध्यापन - कृषि
गाउँपालिकामा भैंसि स्रोत केन्दकोरुपमा संचालन
कृषिमा अनुदान
कृषि औजार वितरण
सिचांइको ब्यवस्था
स्वास्थ्य
धारभूत स्वास्थ्य चौकी निर्माण,
वर्थिङ सेन्टर संचालन
एम्वुलेन्स सेवा
निशुल्क स्वास्थ्य शिविर
आयुर्वेिर्दक अस्पताल निर्माण
भौतिक सेवा
पुल निर्माण
सामुदायिक भवन निर्माण
- विषेश कार्यक्रम
जेष्ठ नागरिक सम्मान ,पालिका भित्रका पर्यटकिय क्षेत्रको संरक्षर सम्वर्धन, बालविवाह न्युनिकरणका लागि कार्यक्रम , महिला र युवापुस्ताहरुको लागि आत्मनिर्भरका लागि विविध कार्यक्रमहरु विजयनगरले ५ वर्षको अवधिमा गरेका मुख्य कामको रुपमा रहेका छन
पालिकामा अधिकांस कार्य पुरा भएका छन । कुनै कुनै अधुरा रहेका काम र योजना पुरा गर्ने अवसर फेरी पार्टिले दिएको छ । कामको मुल्यांकन गाँउवासिले गर्ने हो । कामको मुल्यांकन गरेर गाउँवासिले अवश्य निर्वाचित गराउँछन उनले भने । निर्वाचनमा होमिएका थापाले आइतवार पदबाट राजिनामा दिने बताए ।