Connect with us
Kapilvast Forest

कांग्रेशबाट सितगंगा ३ को वडा अध्यक्षमा बेल्बासेको नाम सिफारिस

२०७९, १० बैशाख शनिबारमा प्रकाशित

कपिलवस्तु-अर्घाखाँचीको सितगंगा नगरपालिकाको विषेश रुपले हेरीएको वडा न ३ बाट नेपाली कांग्रेस सितगंगा नगर समितीले वडा अध्यक्ष पदको उम्मेदवारको लागि कांग्रेशका पुराना नेता एवमं राजनिति र पार्टिको लागि त्यागि नेता विष्णु बेल्बासेको नाम सिफासि गरेको छ।

तरुण दलको नेत्तिव सम्हाल्दै कांग्रेशको राजनितिमा होमिएका बेल्बासेको सितगंगामा राम्रो प्रभाव देखिन्छ । २०४५ सालमा गा वि श सचिव समेत रहेका बेल्बासे राजनितिको हितको लागि पटक पटक त्याग गरेका नेता अध्यक्ष पदका वलियो उम्मेदवार हुन । गत स्थिानिय तहको निर्वाचनमै वडा अध्यक्ष पदको आंक्षि रहेका बेल्बासे पार्टी भित्रको अन्तर विरोधले राजनिति कमजोर नबनोस भन्दै पछि हटेका थिए ।

कांग्रेशबाट वडा ३ मा अध्यक्ष पदका लागि अन्य जना दुइ जनाको पनि उम्मेदवारीमा आफ्नो दाबी गरे पनि बेल्बासे बलिया दाबेदारको रुपमा प्रस्तुत भएका छन । वडा अध्यक्ष पदका लागि चिन्तामणि अधिकारी र केहि दिन अगाडि एमाले प्रवेश गरेर कांग्रेशमै फकिएका हेमनाथ भुसालको नाम पनि वडा अध्यक्षको उम्मेदवारको लागि सिफारिस भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj