Connect with us
Kapilvast Forest

मिस नेवा की विजेता डंगोललाई एमालेले बनायो उपमेयरको उम्मेदवार

२०७९, १० बैशाख शनिबारमा प्रकाशित

काठमाडौं-काठमाडौंबाट मेयर उठ्ने घोषणा गरेकी ‘मिस नेवा २०११’ की विजेता सुनिता डंगोल अब उपमेयरमा उठ्ने भएकी छन्। उनलाई नेकपा एमालेले काठमाडौंमा उपमेयरको उम्मेदवार बनाएको हो।

उनले आगामी स्थानीय तहको निर्वाचनमा आफू काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने बताएकी थिइन्। स्वतन्त्र उम्मेदवार दिने वा कुनै दलबाट उठ्नेबारे उनले निर्णय लिइनसकेको पनि बताएकी थिइन्।

शनिबार एमालेले काठमाडौंका लागि आफ्ना उम्मेदवार चयन गरेसँगै डंगोल उपमेयरका लागि लड्ने भएकी हुन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj