“के के छन त एमाले घोषणा पत्रमा गुणस्तरिय र सुलभ शिक्षाको लागि प्रतिबद्धता
अर्जुन बेल्बासे, कपिलवस्तु -नेकपा एमाले नगर कमिटीले आगामी बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरी सार्बजनिक गरेको प्रतिबद्धतामा नगर परिवर्तन रविकाशको मुख्य आधार नै शिक्षा रहेको भन्दै प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालय सुधारमा जोड दिने भन्दै नेकपा एमालेले शिवराजले आफ्नो स्थानीय तह निर्वाचन २०७९ शीर्षक दिएर चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । एमाले शिवराजले शिक्षामा परिवर्तन ल्याउन एक जर्दन बढि कार्यक्रम र योजना प्रतिबद्धता सहित अगाडि सारेको छ ।
- “के के छन त गुणस्तरिय र सुलभ शिक्षाको लागि प्रतिबद्धता
- नगर भित्र कम्ती एक स्नाकोत्तर तहको क्याम्पस संचालनको लागि आवश्यक पर्ने सम्पुर्ण सहयोग गर्ने
- सबै सामुदायिक विद्यालयहरुमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्ने ।
- नगर भित्र कम्ती एक स्नाकोत्तर तहको क्याम्पस संचालनको लागि आवश्यक पर्ने सम्पुर्ण सहयोग गरिनेछ ।
- नगरमा भएका प्राविधिक शिक्षालयलाई प्राथामिकतामा राखी रोजगारमुलक शिक्षालाई प्रवर्धन गर्दै, उत्पादीत दक्ष जनशक्तिलाई नगरमै रोजगार श्रृजना गर्ने ।
- नगर भित्रका बाल विकास केन्द्रहरुलाई व्यवस्थीत गरी नमुना बालबिकास केन्द्रहरु संचालन गर्ने ।
- नगर भित्रका सबै सामुदायिक विद्यालयहरुमा आधारभुत एव बातावरणमैत्री, अपागंमैत्री तथा बालमैत्री पुर्वाधारहरु निर्माण गर्ने ।
- कक्षा १२ सम्मको शिक्षा निशुल्क र ब्यवहारीकरुपमा संचालन गर्ने ।
- जेहनदार, विपन्न, दलित, मुस्लीम, जनजाती अल्पसंख्यक÷सिमान्तकृत वालवालिकालाई उच्च शिक्षा तथा प्राविधीक शिक्षामा पहुच विकासको लागी छात्रबृत्ति प्रदान गर्ने ।
- सरकारी विद्यालय तथा क्याम्पसहरुको भौतिक पूर्वाधार विकासमा योगदान गर्ने ।
- गुणस्तरीय शिक्षाका शिक्षकहरुलाई आसिटी र रिफ्रेसर तालिम संचालन गर्ने ।
- धर्मिक शिक्षालाई शिक्षाको मुलप्रभाहीकरण ल्याउन विशेष कार्यक्रम गर्ने ।
- शैक्षिक गुणस्तरका आधारमा निजी तथा आवासीय विद्यालयहरु पुरस्कृत गरी प्रोत्साहन गर्ने ।
- संस्थागत विद्यालयहरुका शिक्षकको न्यूनतम पारिश्रमिक मापदण्ड तय गर्ने ।विद्यालयका गुणस्तरी शिक्षाको लागि पालिकाले नियमित नियमन गर्ने गुणवान र सक्षम नागरिक तयार गर्न शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै सामुदायिक शिक्षालाई गुणस्तरीय, सिपमूलक र जीवनउपयोगी बनाउने एमाले शिवराजको घोषणा पत्रमा उल्लेख गरेको छ ।