Connect with us
Kapilvast Forest

कास्कीमा पोखराबाहेक अन्यत्र गठबन्धन नगर्ने कांग्रेसको निर्णय

२०७९, ११ बैशाख आईतवारमा प्रकाशित

पोखरा – नेपाली कांग्रेसले कास्कीमा पोखरा महानगरपालिकाको मेयर बाहेक अरु पदमा गठबन्धन नगर्ने निर्णय गरेको छ ।

केन्द्रीय सत्ता गठबन्धनको निर्णय भएकाले पोखराको मेयरमा एकीकृत समाजवादीका उम्मेदवारलाई नै समर्थन गर्ने र बाँकी सबै पालिका तथा वडामा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय भएको कांग्रेसको कास्की जिल्ला सभापति किशोरदत्त बरालले जानकारी दिए ।

 

कांग्रेसले पोखरा महानगरपालिकाको प्रमुख लगायत सबै पालिका र वडामा नेतृत्व गर्नुपर्ने मागसहित नेता कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा आइतबार तालाबन्दी तथा नाराबाजी गरेका थिए ।

‘कार्यकर्ताको नियमित दबाव र मागअनुसार पोखराको मेयरबाहेकमा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गर्‍यौं,’ बरालले भने, ‘कार्यकर्ताको दबाव खप्न सकेनौं । गठबन्धनमा पनि कुरा मिलिरहेको थिएन । अब पोखराबाहेक सबै पालिका र वडामा कांग्रेस उम्मेदवार हुन्छन् ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu