एमालेबाट शिवराज ५ को वडाध्यक्षमा बेल्बासे उम्मेद्वार
कपिलवस्तु- स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले शिवराज वडा न ५ को अध्यक्षमा नेत्र प्रसाद बेल्बासेलाई उम्मेदवार बनाएको छ । ४ दशक देखि एमालेको सकृय राजनितिमा होमिएका बेल्बासे एमाले शिवराज नगर समिति सदस्य समेत हुनुन्छ । शिवराजमा लोकप्रिय नेताको छवि बनाएका बेल्बासे वडा अध्यक्ष पदको बलियो उम्मेदवारको रुपमा हेरिनु भएको छ ।