धनगढी उपमहानगरपालिकामा एमालेका उम्मेदवारले गराए मनोनयन दर्ता
कैलाली -नेकपा एमालेले कैलालीको धनगढी उपमहानगरपालिकामा उम्मेदवारी मनोनयन दर्ता गरेको छ । एमालेले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको हो ।
एमालेले बाजागाजासहित उम्मेदवारी दर्ता गराएको छ । एमालेको तर्फबाट धनगढी उपमहानगरपालिकाको प्रमुखमा रणबहादुर चन्द र उपप्रमुखमा कन्दकला रानाले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गर्न एमालेका सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्ट, नेता नारदमुनि रानालगायतको उपस्थित रहेको थियो ।धनगढी उपमहानगरपालिका सुदूरपश्चिमको एकमात्रै उपमहानगरपालिका हो ।