Connect with us
Kapilvast Forest

शिवराज नगरपालिकामा एमाले उम्मेदवारको मनोनयन दर्ता

२०७९, १२ बैशाख सोमबारमा प्रकाशित

अर्जुन बेल्बासे, कपिलवस्तु-नेकपा एमालेले शिवराज नगरपालिकामा पालिका प्रमुख र उपप्रमुखसहित सबै वडाका उम्मेदवारले पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएको छ । आज सोमबार सबै पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा एमालेले उम्मेदवारी दर्ता गराएको हो ।

 

एमाले पार्टीबाट शिवराज नगरपालिकाको नगर प्रमुखमा महादेव पोख्रेल , उपप्रमुखमा शिवकुमारी चौधरीले मनोनयन दर्ता गराएका छन् । त्यस्तै शिवराका ११ वटै वडामा एमालेको तर्फबाट
१ नम्बर वडा विक्रम के सि , २ नम्बर वडामा कल्लु थारु, ३ नम्बर वडामा टेकलाल सापकोटा , ४ नम्बर वडामा सफिक अहम मुसलमान, ५ नम्बर वडामा नेत्र बेल्बासे ,६ नम्बर वडामा नमनिराम यादव , ७ नम्बर वडामा रोजन मुसल ,८ नम्बर वडामा आन्नद शुक्ला ,९ नम्बर वडामा अशोक मल्ल ,१० नम्बर वडामा कपिलदेव कुर्मि र ११ नम्बर वडा सम्भु रायमाझिको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj