Connect with us
Kapilvast Forest

निराशा र असन्तुष्टि फैलाउने व्यक्तिहरु बिरोध गर्नमै व्यस्त छन् : प्रधानमन्त्री ओली

२०७६, १३ आश्विन सोमबारमा प्रकाशित

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले वाक् स्वतन्त्रताका नाममा विरोध गर्नेहरुले सरकारका राम्रा कामलाई वेवास्ता गरेको आरोप लगाएका छन् ।

सोमबार ललितपुरमा प्रदेश प्रमुख र प्रदेशका मुख्यमन्त्रीका लागि निर्माण हुन लागेको आवासीय भवन तथा सम्पर्क कार्यालयको शिलान्यास गर्दै उनले वाक् स्वतन्त्रताका नाममा विरोधको स्वर मात्र सुनिएको टिप्पणी गरे ।

सरकारले विकास र लोकल्याणलाई प्राथमिकतामा राखेर अघि बढेको उनको भनाइ थियो ।प्रधानमन्त्री ओलीले निराशा र असन्तुष्टि फैलाउने केही व्यक्तिहरु बिरोध गर्नमै केन्द्रित रहे पनि सरकार आफ्ना उदेश्यमा अडिग रहेको दावी गरे ।

प्रधानमन्त्री ओलीले देशलाई मगन्तेरहित बनाउने घोषणा दोहोर्‍याउनुका साथै सडकमा कसैले बेसहारा देखेमा सरकारलाई खबर गर्न आह्वान गरे ।उनले अबको केही महिनाभित्रै मेलम्चीको पानी जनताका घरघरमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।विशेष कारणवश ढिलो भए पनि आगामी वर्षभित्रै मेलम्चीको पानी काठमाडौंबासीले पिउन पाउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

कार्यक्रममा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पूर्वाधार निर्माणले सरकारको कार्यसञ्चालनमा सकारात्मक प्रभाव पार्ने बताए ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि ललितपुरको भैँसेपाटीमा आवास भवन तथा सम्पर्क कार्यालय निर्माण गर्न लागिएको हो ।

२७ रोपनी १२ आना क्षेत्रफलमा फैलिएको सरकारी जग्गामा प्रत्येक प्रदेशका लागी छुट्टाछ्ट्टै दुई भवन निर्माण गरिनेछ ।२५ जना क्षमताको सभा हल, ध्यान कक्ष योगा कक्षसहितको आवास दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu