Connect with us
Kapilvast Forest

२४ सुन्दरी एउटै ऱ्याम्पमा

२०७६, १३ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं –देशभरका बिभिन्न २४ सौदर्य प्रतियोगिताका विजेताहरु एउटै ऱ्याम्पमा प्रस्तुत भएका छन् । पेजेन्ट नेपालले आयोजना गरेको ‘टाईटल विनर फेशन’ शोमा उनीहरु एउटै ऱ्याम्पमा देखिएका हुन् । ममथा बस्नेत, अनु श्रेष्ठ, रिना कायस्थ, रचना शर्मा र सरस्वती काफ्लेले तयार पारेको फेशनका डिजाइनहरु उनीहरुले ऱ्याम्पमा प्रस्तुत गरेका थिए ।

‘भ्रमण वर्ष २०२०’ मुख्य थिम रहेको शोमा नेपालको परिवेश अनुसारको भेषभुषा, परिकार एवं संस्कृति झल्कने ड्रेसलाई प्रथामिकता दिइएको थियो । शोमा बरिष्ठ गायक सीताराम पोखरेल, लबवहादुर काकी, शिक्षाविद्ध पूर्ण लामा लगायत आतिथि रहेको कार्यक्रममा कलाकारहरु योगेश काजी, नन्दा वस्याल, यमन श्रेष्ठ, बुनु राई, महादेव त्रिपाठी, विनोद ढकाल, सारिका घिमिरे, सुशीला थापाको समेत प्रस्तुति रहेको थियो ।

फेसन पारखीलाई नयाँ डिजाइनको जानकारी दिन र फेसन डिजाइनरलाई हौसला प्रदान गर्न फेसन शो आयोजना गरिएको आयोजक पेजेन्ट नेपालकी प्रमुख ममथा बस्नेतले जानकारी दिइन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj