Connect with us
Kapilvast Forest

गठबन्धनमा किचलो माओवादीका उम्मेदवार सुर्य चिह्नबाट चुनाव लड्दै

२०७९, १३ बैशाख मंगलवारमा प्रकाशित

भोजपुर- षडानन्द नगरपालिकामा गठबन्धनको तालमेलमा किचलो शुरु भएको छ। गठबन्धनको तर्फबाट टिकट नपाएपछि वडास्तरमा खटपट शुरु भएको हो। गठबन्धनको निर्णय विपरित दुई ओटा वडामा एमाले र माओवादी केन्द्रले तालमेल गरेर उम्मेदवारी दर्ता गएका छन्।

वडा ९ र १३ मा एमाले र माओवादी विच तालमेल भएको नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा एमालेबाट मेयर पदका उम्मेदवार सुरेन्द्र उदासले जानकारी दिए।

माओवादी केन्द्रका नगर कमिटीका सदस्य रहेका शेखर तामाङ वडा- ९ बाट र ओमकुमार श्रेष्ठ वडा-१३ बाट सूर्य चिन्हमा चुनाव लड्ने भएका छन्। वडा- १४ मा भने नेपाली कांग्रेसका वडाध्यक्षका प्रत्यासी दिनेश राईले टिकट नपाएको भन्दै स्वतन्त्र उम्मेवादी दिएका छन्।

त्यस्तै पार्टीले टिकट नदिएपछि कांग्रेसका जित बहादुर दाहाल एकीकृत समाजवादीमा प्रवेश गरी वडा- १२ को वडाध्यक्षमा उम्मेदवारी दिएका छन्। अन्य वडाहरूमा पनि गठबन्धनका केहि कार्यकर्ता असन्तुष्ट रहेको नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार विरवल राईले बताए। तल्लोस्तरमा देखिएको नेता तथा कार्यकर्ताको खटपटीले यहाँ गठबन्धन दरिलो नबन्ने देखिएको छ।

गठबन्धनमा असन्तुष्टी बढेपछि एमालेका उमेदवारहरूलाई लाभ पुग्ने देखिएको छ। गठबन्धनले टिकट वितरणमा व्यवास्ता गरेको भन्दै कसैले पार्टी नै छाडेका छन् भने केहिले स्वतन्त्र रुपमा उम्मेदवारीसमेत दर्ता गराएका छन्।

षडानन्द नगरपालिकामा गठबन्धनले चुनावी तालमेल गरेको छ। यहाँ कांग्रेसबाट विरवल राई मेयरका उम्मेदवार बनेका छन् भने उप– मेयरमा माओवादी केन्द्रबाट प्रमिला राईको उम्मेदवारी परेको छ। मुख्य पदमा तालमेल भएपनि तल्लो तहमा भने पूर्णरुपमा तालमेल गर्न समस्या देखिएको गठबन्धनका नेताहरुले बताउने गरेका छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu