Connect with us
Kapilvast Forest

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा फ्रान्सका राष्ट्रपतिलाई बधाइ

२०७९, १३ बैशाख मंगलवारमा प्रकाशित

 

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति एम्यानुयल माक्रोनलाई बधाइ दिनुभएको छ। उहाँको दोस्रो कार्यकाल सफलताको कामना गर्दै बधाई दिनुभएको हो।

सोमबार अलग-अलगरुपमा बधाइ सन्देश दिनुहुँदै नवनिर्वाचित राष्ट्रपति म्याक्रोनको सफल कार्यकालको शुभकामना दिनुभएको हो। राष्ट्रपति भण्डारीले आगामी दिनहरूमा नेपाल-फ्रान्स सम्बन्ध र सहयोगको क्षेत्र थप प्रगाढ एवम् व्यापक हुँदै जानेछ विश्वास व्यक्त गर्नुभएको छ।

यसैगरी, फ्रान्सको राष्ट्रपतिको रूपमा पुनःनिर्वाचित हुनुभएकोमा फ्रान्सेली जनताले अर्को प्रजातान्त्रिक अभ्यास पूरा गरेका छन् भन्दै प्रधानमन्त्री देउवाले नेपाल-फ्रान्स मैत्री सम्बन्धलाई थप सुदृढ गर्न मिलेर काम गर्न तत्पर छौं भन्नुभएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu