Connect with us
Kapilvast Forest

कांग्रेसप्रति ओलीको कठोर टिप्पणी : घोषणापत्र पागलहरूको प्रलाप हो

२०७९, १३ बैशाख मंगलवारमा प्रकाशित

 

 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले ल्याएको घोषणा पत्रप्रति कटा टिप्पणी गरेका छन् ।

मंगलबार मनमोहन अधिकारीको २३ औं स्मृति दिवसमा बोल्दै ओलीले कांग्रेसको घोषणापत्रलाई ‘बकवास र पागलहरूको प्रलाप’को संज्ञा दिएका हुन् ।

 

‘नेपाली कांग्रेसले चुनावी घोषणा पत्र भनेर अहिले जुन प्रकाशित गरेको छ, त्यो कुनै राजनीतिक दस्तावेज होइन,’ उनको टिप्पणी छ, ‘त्यसलाई राजनीतिक दस्तावेजको दर्जा दिन सकिंदैन । पागलहरूको प्रलाप हो त्यो । मुख छाड्ने, गाली गर्ने तथानाम बाहेक केही पनि छैन ।’

ओलीले घोषणा पत्रमा दर्जनौं ठाउँमा आफ्नो नाम किटेरै तथानाम गाली गरिएको दाबी गरे । उनको भनाइ छ, ‘त्यो घोषणा पत्रमा दर्जनौं ठाउँमा व्यक्तिगतरुपमा नाम किटेर तथानाम गाली गरेको छ । त्यसलाई कुनै राजनीतिक दस्तावेज भन्न सकिंदैन । त्यसमा राजनीतिक विश्लेषण नै छैन, केही पनि छैन ।’

 

घोषणा पत्रमा एमालेले गरेको विकासलाई कांग्रेसले ‘उत्ताउलो विकास’ भनेकोमा पनि ओलीले विरोध जनाए । ओलीले माओवादी केन्द्रको पनि आलोचना गरे । माओवादी पार्टी नै नभएको भन्दै त्यही कारण घोषणा पत्रसमेत ननिकालेको दाबी ओलीले गरे।

‘माओवादी भन्ने पार्टी चुनावमा जाँदै छ,’ उनको भनाइ छ, ‘हुन त त्यो पार्टी होइन केन्द्र हो । त्यस्ता सेन्टरहरु विभिन्नले खोलेका छन् । माओवादी पार्टी होइन, माओवादी सेन्टर हो । त्यसले चुनावी घोषणा पत्र नै निकालेन । माओवादीको चुनावी घोषणा पत्र छैन । कांग्रेसले निकालेकै छ, भइगो नि भन्यो ।’

गठबन्धनकै अर्को दल एकीकृत समाजवादीप्रति पनि कटाक्ष गरे। ‘फाटोवादी, चोइटोवादीले आफ्नो नाम एकीकृत समाजवादी राखेको छ,’ ओलीले भने, ‘प्रतिक्रियावादी, प्रतिगामीको पुच्छरले आफूलाई समाजवादी भनेको छ।’

ओलीले एमालेको डरले पाँचदलीय गठबन्धन गरेको समेत टिप्पणी गरे। ‘गठबन्धन तानाशाहीहरुको गुट हो, ’ उनले भने, ‘उनीहरुको एकताको सूत्र एउटै हो, नेकपा एमाले छ । नेकपा एमालेतिर पुलुक्क हेरेपछि गुर्र कुदेर एकै ठाउँमा आउँछन् ।’

ओलीले थपे, ‘यो पाँच दलीय गठबन्धन भनेको माउका पखेटामुनि चल्ला पसेजस्तै हो । एमालेका डरले कांग्रेसका पखेटामा पसेका छन् । यो एकताको आधार न सैद्दान्तिक, न वैचारिक हो ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu