कांग्रेस कपिलवस्तु नगरपालिको संपर्क कार्यालय स्थापना
कपिलवस्तु -आउने बैशाख ३० गते हुने चुनावलाई मध्यनजर गर्दै कांग्रेसको कपिलवस्तु नगरपालिको तौलिहवामा संपर्क कार्यालय स्थापना गरिएको छ । आनन्दबाग स्थित होटलमा पाममा संपर्क कार्यालय स्थापना गरिएको हो । सपर्क कार्यालय उदघाटन पछि आयोजित छलफल कार्यक्रममा मेयरका प्रत्यासी किरण सिंहले आफुले ५ बर्ष असल नियतले नगरको विकासको काम गरेको दाबी गरे ।
उनले सदरमुकाम तौलिहवाको बर्षो देखि रोकिएको बाटो बिस्तारको काम आफनो अथक प्रयासले् सुरु भएको दाबी गरे । उनले नगरपालिकाले खरको छानोमुक्त बनाउने अभियान अन्र्गत काम अघि बढाए पछि कारोनाले गर्दा काम पुरा गर्न नसकेको बताए । यस्तै सडक लगायतका पुर्वाधार, निर्माण, सुबिधा संपन्न एम्बुलेन्स खरिद गरी कपिलवस्तु अस्पताललाई हस्तान्तरण गरेका लागतयका थुप्रै कामहरु भएको उनले बताए । ‘
मैले मेरो बलबुताले भ्याए सम्म असल नियतले काम गरे, तर धेरैले आशा गरे अनुसार काम गर्न नसकेको हुन सक्छ आगमी दिनमा सुधार गरेर काम गर्छू ’ उनले भने । २ पटक उप मेयर भएर काम गरे पनि पहिलो पकट मेयरमा काम गर्दा केही बाधा ब्यवधान आएकाले सोच अनुरुप काम नभएको हुन सक्ने भन्दै उनले अब आफुले सबैलाई समेटर काम गर्ने बताए । सो अवसरमा कांग्रेस नेता तथा सांसद अतहर कमालले बिगतका कमी कमजोरीलाई सच्चाएर टिम मिलेर अघि बढनु पर्ने बताए । उनले प्राचिन नगरको विकासकालागि कांग्रेसलाई जिताउन सबै नेता कार्यकर्ताहरु लाग्नु पर्ने बताए ।
कांग्रेस नेता दीप कुमार उपाध्ययाले गुट उपगुट त्यागेर एकबद्ध भएर चुनाव लडे कांग्रेसलाईए कसैले हराउन नसक्ने बताए । यस्तै कार्यक्रममा पार्टीका पुर्व जिल्ला सभापति राजेश आचार्य, सुधाकर पाण्डेय नेता कमलेश कुमार शर्मा लगातयले कांग्रेस उम्मेदवारलाई जिताउन सबैको साझा प्रयास आवश्यक रहेको बताए । सो अवसरमा वडा नम्बर २ का वडाध्यक्षका उम्मेदवार रामभजन कलवार, ३ का प्रकाश गैरे, ५ का दिरेप चौधरी, १० का मोहनलाल शर्मा, लगायतले बिगतको कमी कमजोरीलाइृ सच्चाएर अघि बढनु पर्ने बताए । पार्टीका नगर अध्यक्ष खुर्सेद अहमद खाका अध्यक्षता सचिव नगेन्द्र यादवको संचालनमा भएको कार्यक्रममा कांग्रेस जिल्ला सदस्य ललति गुरुङ,नेता रामआषिष पाण्डेय जनु शाही लागतयले मन्तब्य दिएका थिए ।