Connect with us
Kapilvast Forest

किन बलियो छन वडा अध्यक्ष पदका उम्मेदवार बेल्बासे

२०७९, १५ बैशाख बिहीबारमा प्रकाशित

कपिलवस्तु-संख्यातम्क रुपमा अन्य राजनिति दलका नेता तथा कार्यकर्ता भन्दा धेरै संख्यामा रहेको एमालेले शिवराज ५ लाई एमालेको भोट बैंकको रुपमा लिन्छ । वडा न ५ को मतदाताको निर्णय नगरपालिकाकै निर्णयक भोटकै रुपमा रहेको वडामा अध्यक्ष पदका लागि नेत्र प्रसाद बेल्बसे एमालेबाट अध्यक्ष पदका लागि होमिएकाछन । एमाले राजनितिमा पुरानो नेताको रुपमा चिनिएका बेल्बासे वडा अध्यक्ष पदको लागि बलियो उम्मेदवाको रुपमा रहेका छन ।

लामे समय देखि राजनिति सगैं समाज सेवामा सकृय बेल्बासे शिवराजमा सफल ब्यपसायिका साथ साथै असल छवि भएका पात्रको रुपमा परिचित छन । शिवराज नगर खेलकुद विकास समितिका संयोजक समेत रहेका खेल प्रेमि बेल्बासे नगर भित्रका देलाडिहरु विच अझै वढि लोक पृय छन । सरल स्वभावका बेल्बासेका चन्द्रौटा , खैरी , नौडिहवा , रहटकोल लगायतका वडा भित्रका ठाउँहरु उनका मुख्य पकेटका क्षेत्र हुन ।

अर्घाखाचीमा सामान्य राजनितिमा लागेका बेल्बासे चन्द्रौटा बसाईसराई पछि शसक्त रुपमा राजनितिमा खटिएका छन। लामो समयदेखि राजनीतिमा सक्रिय चुनावि नतिजा आफनो कोल्टामा पार्न घरदैलो सगैं भेटघाटमा ब्यस्त छन ।बेल्बासेले वडा भित्र शिक्षा ,स्वास्थ्य , कृषि ,खानेपानी, खेलकुद र वडा विकास रपरिवर्तका लागि चुनावि प्रतिवद्दता अगाडि सरेका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj