शिवराजमा गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका दोर्ण बहादुर पुन (दिनेश ) को हुन ?
कपिलवस्तु -भारतको हरियाणा शहरमा आफनो बाल्यकालको ५ वर्ष उनले त्यहाँ खर्चिए । उनि सानै देखि क्रान्तिकारी विचारले प्रेरित थिए । भारत रहदा ज्यालाका क्रममा आउने अप्ठ्यारोमा साहयाताका लागी दिनेश ऐमाले निकट अखिल भारत प्रवासी नेपाली संघमा आवद्ध भए । करिब पाचँ वर्ष सम्म ज्यालादारी गरी कमाएको धेरथोर पैसा बोकेर दिनेश गाउ फर्किए । त्यतिबेला माओवादि जनआन्दोलनले नेपालका गाउँ बस्ती छुदै थियो । गाउँ बस्तीमा मन्द गतिमा माओवादिहरुले संगठन विस्तार अभियानलाई सुरुवात गदै थिए । भारतमा रहदा प्रवासी नेपाली संघमा नेपाली मजदुर हरुका दुख दर्दका भाषण सुन्ने गरेका दिनेशले आफ्नै गाउमा मजदुरका सवालमा माओवादिले गरेका भाषण सुने पछि उनको मन भित्रै बाट फेरियो ।
१३ वर्षको कलिलो उमेर त्यसै माथीको कलिलो मनोविज्ञान र बुझाई , साथीभाईको लहलहैमा लागेर गाउले जीवनबाट अलग्एिर दोर्ण बहादुर पुन (दिनेश) पहिलो पटक भारत पुगे । नेपालका पाहाडी भु भागमा बसोबास गर्ने धेरैको रोजगार पाउने गनतब्य भारत थियो , र छ । भारतको हरियाणा शहरमा आफनो बाल्यकालको ५ वर्ष उनले त्यहाँ खर्चिए । उनि सानै देखि क्रान्तिकारी विचारले प्रेरित थिए । भारत रहदा ज्यालाका क्रममा आउने अप्ठ्यारोमा साहयाताका लागी दिनेश ऐमाले निकट अखिल भारत प्रवासी नेपाली संघमा आवद्ध भए ।
करिब पाचँ वर्ष सम्म ज्यालादारी गरी कमाएको धेरथोर पैसा बोकेर दिनेश गाउ फर्किए । त्यतिबेला माओवादि जनआन्दोलनले नेपालका गाउँ बस्ती छुदै थियो । गाउँ बस्तीमा मन्द गतिमा माओवादिहरुले संगठन विस्तार अभियानलाई सुरुवात गदै थिए । भारतमा रहदा प्रवासी नेपाली संघमा नेपाली मजदुर हरुका दुख दर्दका भाषण सुन्ने गरेका दिनेशले आफ्नै गाउमा मजदुरका सवालमा माओवादिले गरेका भाषण सुने पछि उनको मन भित्रै बाट फेरियो ।
वास्तवमा गाउँमा पनि क्रान्तिकारीहरुको जन्म भएछ अब परिवर्तन संभव छ सोचेर उनि देश परिवर्तका लागी माओवादि आन्दोलनको आधिबेरीमा वि स २०५५ सालमा वाई सि एल टोल कमिटिमा आवद्ध भई भित्रीए । उनि वाइ सि एल प्रवेश गरेको केहि समय पछि उक्त संगठनको एरिया कमिटि सदस्य बने ।
विस २०५६ साल अषाढ १ गते दिनेशको जिवनले फरक मोड लियो । देशमा माओवादि आन्दोलनले गति बढाउदै थियो । यता देशभरबाट कार्यकर्ता थपिने क्रमले तिव्रता पाउदै थियो र त्यहि बेला दिनेश भुमिगत जीवनमा समाहित भए । भुमिगत भए संगै दिनेशलाई सास्कृतिक फाटमा समावेश गरियो । विस २०५६ मंसिर ५ गते पार्टिको आधिकारिक सदस्यता प्राप्ति गरी दिनेशले ऐतिहासिक अवसरमा आफुलाई जोड्न सफल भए । करिब १ वर्ष पछि २०५७ सालमा उनी पार्टिको ए सि एम भए । उनलाई त्यसको १ वर्ष पछि फेरी सुचता संचार स्वास्थ्य तथा सप्लाई विभागमा सहभागी गरियो । त्यहा करिब २ वर्ष काम गरे पछि उनलाई शैनिक हेडक्वाटर (एम एच क्यू ) मा सरुवा गरियो । त्यसपछि दिनेशलाई पश्चिमी केन्द्रिय कमाण्डको मातहतमा रहि आपुर्ति विभागमा काम गर्ने जिम्मेवारी सुम्पियो ।
विस २०६१ सालमा दिनेशलाई फेरी डिभीजन हेडक्वाटर रोल्पामा सरुवा गरियो । हेडक्वाटरमा सरुवा गरे पछि दिनेश जनुमक्ति सेना बनेर काम गर्न सुरु गरे । उनले सेनामा काम गर्दा विभिन्न स्थानको कारवाहिमा सफल्ता पुर्वक जित हासिल गरे । भालुवांग ,रुकमको खारा , अर्घाखाचीको सन्धिखर्क , कपिलवस्तुको तौलिहवा , कृष्णनगर , गुरासे , रोल्पाको दुम्ला , लगायतको स्थानमा माओवादि जनमुक्ति सेना बनेर डटेर लडे । थुप्रै युद्ध लडेका दिनेशले रोल्पाको भिडन्तमा ८१ एम एमको बिस्फोट सहनु पर्यो । उनि घाईते भए र केहि समय उपचारमा बिताए । समय वित्दै गयो सरकार र माओवादि बिच शान्ति समझौता भयो ।
पार्टिले दिनेशलाई फेरी त्यहि जिम्मेवारी दियो जहाँबाट उनको माओवादी जिवन सुरु भएको थियो । उनलाई वाइ सि एल को प्युठान जिल्ला अधयक्षको जिम्मेवारी दिईयो । उनी मगरात राज्य समिति सचिवालय सदस्य , वाई सि एल केन्द्रिय सदस्यको जिम्मवारी सम्हालेका छन । वछि पार्टि बैध र प्रचण्ड गरी दुई भागमा विभाजन भयो । दिनेशले बादल लगायतका नेताको साथ दिएर बैधमै रहे । केहि समय पछि पार्टि फेरी एक भई एकिकृत माओवादि केन्द्र बन्यो उनि केन्द्रिय आयोजक समीती सदस्य बने ।
पार्टिका विभिन्न उतार चढाव संगै दिनेशको राजनैतिक जीवन अनिश्चित मार्ग बाट अघि बढदै थियो । आर्थिक कारणले पारीवारिक समस्या चुलिदै थियो । समस्यालाई बोकेर दिनशे आफनो जन्मथलो छोडी कपिलवस्तु र दाङ्गको सिमावर्ति क्षेत्रको सडक किनारामा परिवार सहित बस्न थाले । जीवीको पार्जनका लागी संर्घष गरे बिस्तारै भुगोलले उनलाई चन्द्रौटाका साथीभाई संग समबन्ध जोड्यो र उनि यस क्षेत्र संग नजिकीए । उनि पार्टि माओवादि केन्द्र बने पछि नगर समतिको प्रथम सम्मेलनबाट उपाध्यक्षमा निर्वाचित भए । त्यसले झन उनलाई शिवराजको भुगोल र यहाँ स्थानिय साथी संग नजिकीने वातावारण बनायो । स्थानिय तहको निर्वाचन पछि उनि पार्टि अध्यक्ष बने र फेरी निर्वाचन पछि नेकपा एमाले र माओवादि केन्द्र बिच पार्टि एकिकरण भई नेकपा बन्यो उनि नेकपा शिवराजको नगर अध्यक्ष बनी पार्टिको जिम्मेवारी सम्हाले ।
समयले अनेकन मोड लियो । पार्टि फुट्ने जुट्ने क्रम चल्दै गयो । अन्तयमा नेकपा पनि फुटेपछि उनि सम्मेलनबाट फेरी अध्यक्ष बने । नगर जिल्लाको सम्मेलन हुदै प्रथम प्रदेश सम्मेलन भयो । पार्टि एक ढंगबाट अघि बढ्यो । प्रदेशको बैठकले यतिबेला दिनेशलाई लुम्बिनी प्रदेश समिति सदस्य बनायो ।
राजनैतिक चक्र र दिनेश दुबै गतीशिल छन फेरी स्थानिय तहको निर्वाचन घोषणा भयो उनि पार्टिबाट सर्व सम्मत मेयर पदमा सिफारिस भए । गठबन्धनको सरकार रहेकोले माओवादि र समाजवादिले चुनाबी तालमेल गर्ने निर्णय भए पछि दिनेश पार्टि र संगठनका लागी एक कदम पछि हटे र यो स्थानिय तहको निर्वाचनमा उनि उपमेयर पदका उम्मेदवार बने । सानै देखी संर्घषमा होमिएका दिनेश समान्य ब्यववहार र सैदान्तिक बुझाई रहेका ब्यक्ति हुन । उनमा प्रलोभन र ब्यक्तिगत स्वार्थका कुनै लालच छैनन् उनि जहा रहे पनि पुर्ण ईमान्दारीका साथ आफनो जिम्मेवारी पुरा गर्ने पात्र हुन । यतिबेला उनि स्थानिय तहको निर्वाचनमा नेकपा माओवादि केन्द्र र नेकपा एकिकृत समाजवादि तर्फका संयुक्त उपमेयर पदकाका उम्मेदवार हुन ।