Connect with us
Kapilvast Forest

शिवराज ३ मा आधा वडावासि एमालेको झण्डा मुनि

२०७९, १६ बैशाख शुक्रबारमा प्रकाशित

अर्जुन बेल्बासे ,कपिलवस्तु-यतिवेला  चुनावि माहोलले तातेका स्थानिय तहहरुमा   सबै राजनिति दलका नेता तथा कार्यकर्ताहरु आफनो जनप्रतिनिधि भित्राउने दाउमा छन। त्यस्तै चुनावि माहोलसगैं  शिवराज नगरपालिका वडा न ३ मा सबै राजनितिक दलका नेता कार्यकर्ता घरदैलोमा ब्यस्त छन ।

विशेषगरी नेकपा एमालेको प्रभाव क्षेत्र मानिने यस वडामा गत स्थानिय तहको निर्वानमा अध्यक्षमा निर्वाचित टेकलाल सापकोटालाई एमालेले वडावासिकै दरिलो दवाव र मागमा पुन दोर्याएको छ । एक कार्याल जनप्रतिनिधि बनेर वडावासिको जनसेवामा रात दिन खट्दै वडा विकाशमा परिवर्तन गरेका सापकोटा सबैको रोजाईका पात्रका रुपमा हेरीएका उम्मेदवार हुन ।


वडावासिका हरेक समस्या सम्बोधन गरेका सापकोटाको पक्षमा यतिवेला वडाका अधा नगरीक उनकै पक्षमा छन ।शिवराज नगरपालिका नेकपा एमालेको वडा न.३ वडा निर्वाचन परिचालन कार्यालय उद्घाटन कार्यक्रममा देखिएको वडावासिको सहभागिताले पनि उनको पक्षको सरल उदाहरण देखाउछ ।

आधा दर्जन राजजितिकदलका उम्मेदवार चुनावी मैदाना उत्रिएका वडा न ३ मा एमालेको झण्डा मुनि (टेकलाल साकोटाको ) एकल पक्षमा ५० प्रतिशत बढि वडावासि रहेको उनको दावि छ । वडा बासिको मन जितेर पुन जनप्रतिनिधि बन्न दोहोरीएका सापकोटाले वडा न ३ लाई एमालेको लालकिल्लाको रुपमा परिण गर्ने गरी राजनितिमा खटेका छन । वडा ३ मा बसिसकेको एमालेको जग भत्काउन सक्दैन भोट परिवर्तन हुँदैन, ‘नेकपा एमालेलाई सूर्य चिन्हमा भोट जान्छ । यो निर्वाचनमा पनि एमालेका सबै उम्मेदवारले विजयी प्राप्त गर्छन उनले भने ।
विगतभन्दा अहिले वडामा शिक्षा, स्वास्थ्य र कृषि लगायत विकास निर्माणका कामहरु फड्को मारेको स्थानीयले बताएका छन् । वडामा विकास गर्न सापकोटा नै चाहिने समेत वडावासीले दावी गरेका छन् । यस निर्वाचनमा आफूले जिते दलाल, भष्ट्रचार रहित बनाइ समुन्नत समाजको निर्माण गर्ने उमेदवारहरुले प्रतिबद्धता जाहेर गरेका छन् ।

त्यसैगरी वडा सदस्यहरुमा एमालेको तर्फबाट श्यामलाल थारु, झगि कुमारी सुनार, बुझावन थारु र बुद्घिकला भण्डारी उम्मेदवार बनेका ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu