Connect with us
Kapilvast Forest

शिवराजमा एमाले प्रवेशको जनलहर

२०७९, १६ बैशाख शुक्रबारमा प्रकाशित

 

कपिलवस्तु – नेकपा एमाले शिवराज नगरपालिका २ नम्बर वडा कमिटीको आयोजनामा आयोजित निर्वाचन प्रचारप्रसार तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

शिवराज २ हल्लानगरमा आयोजित कार्यक्रममा नवप्रवेशीहरु लाई नेकपा एमालेका केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपानेले टिका माला र खादा ओढाएर पार्टी स्वागत गरेका थिए ।

पार्टी प्रवेश गराउने क्रममा प्रमुख अतिथि समेत रहेका न्यौपानेले सत्ता गठवन्धनमा सामेल दल सङ्ग देश बनाउने भिजन र राजनितिक एजेन्डा नभएको साथै कम्युनिस्टको नाममा मत मागेर कांग्रेसको पाउमा बुझाउने राजनितिक बेइमानी जनताले बुझिसकेकाले एमाले प्रतिपक्षमा हुदा पनी पार्टी प्रवेश गर्ने देशव्यापी जनलहर देखिएको बताउदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प बोकेको पार्टी एमालेले मात्र देश लाई विकास र निकास दिने विस्वास जनतामा जागृत भएको बताए ।

त्यस्तै शिवराज नगरपालिकाका लागि एमालेको तर्फबाट मेयरका उमेदवार महादेव पोख्रेलले जनताको खुशी र राष्ट्रको समृद्धिको एजेन्डा बोकेर हिडेको पार्टीले आफुलाइ मेयरका रुपमा अघि सारेकाले स्थानीय सरकार लाई जनमुखी बनाउदै समृद्ध शिवराजको सपना साकार पार्न सबैसङ्ग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।

त्यसतै शिवराज २ का लागि वडा अध्यक्षका उमेदवार कल्लु चौधरीले आफु विजयी भएलगत्तै शिवराज २ मा मुख्य समस्याको रुपमा रहेको घरधुरी कर काट्न शुरु गर्ने र टिनका छाना मुक्त गर्ने अभियानलाई तिब्ररुपले अघि बढाएर कार्यकालको शुभारम्व गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम नेकपा एमाले शिवराज २ नम्बर वडा कमिटी अध्यक्ष रामकृष्ण रेग्मीको अध्यक्षता, नेकपा एमालेका केन्द्रिय सदस्य गीरीधारीलाल न्यौपानेको प्रमुख आतिथ्यता र नगर कमिटी सदस्य वीरसिंह रानाको सन्चालनमा सम्पन्न भएको थियो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu