Connect with us
Kapilvast Forest

साझा पार्टीले माग्यो सभामुखको राजीनामा

२०७६, १४ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं, असोज १४ । साझा पार्टीले सभामुख कृष्णबहादुर महराको राजीनामा माग गरेको छ । सभामुख महरामाथि बलात्कार आरोप लागेकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रवक्ता डा.सूर्यराज आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा सभामुखको राजीनामा माग गरिएको हो ।

‘घटनाको सत्यतथ्य र विस्तृत विवरण समयक्रममा आउने नै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर हालसम्म प्राप्त सूचना र आरोपको गम्भिरतालाई हेर्दा सभामूख महरालाई तुरून्त राजीनामा दिन साझा पार्टी जोडदार माग गर्दछ ।’

उनको राजीनामाले उनीमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पु¥याउने साझा पार्टीको ठहर छ । ‘यस्तो अवस्थामा दिइएको राजीनामाले प्रतिनिधिसभाको गरिमालाई समेत कायम राख्न मद्दत गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘साझा पार्टी छानविन पश्चात दोषीलाई प्रचलित कानून बमोजिम सजायको माग गर्दछ ।’

देशभरी बढ्दै गरेको महिल हिंसा र बलात्कारका घटनाहरूमा सरकार अझ कडाईका साथ पेश हुनुपर्नेमा सभामुखजस्तो गरिमामय पदमा आसीन व्यक्तिमाथि नै यस्तो आरोप लाग्नुले आम नागरिकमा कस्तो सन्देश जाला भन्ने प्रश्न पनि साझा पार्टीले खडा गरेको छ ।

‘एकातिर, अहिले राज्यव्यवस्थाप्रति नागरिकको अविश्वास, आक्रोस र असंतुष्टि चरम सिमामा पुगेको छ। दुई तिहाइ बहुमतसहितको स्थिर सरकारले मुलुक र नागरिकका आधारभूत समस्याहरु समाधान गर्नेछ भन्ने नागरिकको अपेक्षा घोर निरासा र अविश्वासमा रुपान्तरण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आम नागरिकले अपेक्षा गरेको मुलुकको विकास र समृद्धिको चाहानामा तुषारापात भएको छ । सरकारले सुरक्षाको प्रत्याभूति दिनुभन्दा सरकार समर्थित कार्यकर्ताहरु कानून हातमा लिदैं थप सुरक्षा चूनौती थपिरहेका छन् ।’

अत्यन्त मर्यादित पदमा आसिन व्यक्ति यसरी गम्भीर आरोपमा मुछिएर विवादित हुनु भनेको लोकतान्त्रिक व्यवस्था, वर्तमान सरकार र राज्यव्यवस्थाका मर्यादित संस्थाहरु समेत विवादित हुनु हो भन्दै साझा पार्टीले विज्ञप्तिमा भनेको छ, ‘यसले सम्बन्धित व्यक्तिको निष्ठा, कर्तव्य र आचरणमा दीर्घकालिन प्रभाव त पार्छ नै, सँगसँगै व्यक्तिसँग जोडिएका सम्बन्धित लोकतान्त्रिक संस्थाहरुको विश्वसनीयता र मर्यादामाथि समेत गंभीर आशंका र अविश्वास जन्माउँछ । नागरिकको आक्रोसलाई बढाउँछ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu