Connect with us
Kapilvast Forest

एमाले कपिलवस्तुद्वारा बेल्बासे र गिरी पार्टी कार्वाहीमा

२०७९, १७ बैशाख शनिबारमा प्रकाशित

कपिलवस्तु-नेकपा (एमाले) कपिलवस्तुले पार्टीका आधिकारिक उम्मेद्वारका विरुद्ध अन्य राजनैतिक दलबाट उम्मेद्वारी दिने बाणगंगा न.पा. वार्ड नं. ९ निवासी कुमार मधु वेल्बासे र बाणगंगा न.पा. वडा नं. ७ निवासी नेत्रज्योती गिरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको जनाएको छ । नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी विज्ञप्ती मार्फत बाणगंगा नगरपालिका वडा नंं.९ बाट नेकपा (माओवादी) केन्द्रबाट वडा अध्यक्षको उम्मेदवारी दिने कुमार मधु बेल्बासे र वडा नं. ७ बाट जनता समाजवादी पार्टीबाट वडा अध्यक्षको उम्मेद्वारी दिनुहुने नेत्रज्योति गिरीलाई पार्टीका सबै जिम्मेवारीमा नरहनेगरी कार्वाही गरिएको ब्यहोरा उल्लेख गरिएको छ ।

नेकपा (एमाले) ले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई पुरा गर्दै राष्ट्रलाई समृद्धिको बाटो तर्फ लैजाने जिम्मेवारी पुरा गर्नका निम्ति वैशाख ३० मा हुने स्थानित तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्वारको पक्षमा दृढतापूर्वक लाग्न आग्रह गर्दै पार्टी जीवनमा देखा पर्ने सबै खाले समस्याको समाधान पार्टीको वैधानिक विधि, प्रक्रियाबाट हुने स्पष्ट पार्दै पार्टीको संस्थागत निर्णयको पक्षमा भ्रर्ममा नपरी लाग्न सबै पार्टि नेता, कार्यकर्तालाई विज्ञप्ती मार्फत अपिल गर्दछौं भनिएको छ ।
विज्ञप्तीमा जिल्लाका १० स्थानिय तहका पार्टीका आधिकारिक सूर्य ध्वजावाहक उम्मेद्वारको पक्षमा निरन्तर खटनुहुने पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक एवम् मतदाता प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौ भनिएको एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu