वडा अध्यक्ष पदमा वलियो उम्मेदवारको रुपमा पाण्डे
कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा न ५ मा वडा अध्यक्ष पदका लागि अर्जुन बहादुर पाण्डेले स्वतन्त्र उम्मेदवारी दिनु भएको छ ।
गत स्थानिय तहको निर्वाचनमा एमालेवाट वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएका पाण्डेले उम्मेदवारी फिर्ता नलिएपछि वडा न ५ को निर्वाचन पेचिलो बनेको छ ।उम्मेदवारी फिर्ता लिने ठुलो आषमा रहेको एमाललाईे पाण्डेको उम्मेदवारी फिर्ता नभएपछि चुनौति थपिएको छ ।
स्वतन्त्रबाटै निर्वाचन जित्ने दाविका साथ चुनावि मैदानमा उत्रिएका पाण्डेले उम्मेदवारी फिर्ता नलिए पछि वडा न ५ को चुनावि माहोल पेचिलो बनेको छ ।
गत स्थिानिय तहमो निर्वाचन जितेका पाण्डे पुन एक पटक जनप्रतिनिधि बनेर वडावासिको सेवामा खट्ने अपेक्षा राखेका पाण्डेलाई पार्टीले नपत्याएपछि वडाको निर्वाचन जित्ने गरी रुवतन्त्र उम्मेदवारको रुपमा मैदानमा उत्रिएका छन ।
निर्वाचनको मिति नजिकिदै गर्दा पाण्डेले आफुले निर्वाचन जित्ने दाविकासात यतिवेला घरदैलोमा ब्यस्त छन ।वडा ५ मा विभिन्न राजनितिक दलहरुविच हुने प्रतिशप्रधा मध्ये पाण्ड वलियो दावेदारको रुपमा हेरीएकम छन ।
५ वर्ष सम्म वडावासिको सेवामा खटेका पाण्डे कुसल जनप्रतिनिधिको रुपमा परिचय बनाएका छन । ५ वर्ष वडावासिको को सेवक बनेका पाण्डे वडा भित्र केहि काम अधुरा रहेको भन्दै आफनै हातबाट सुभारम्भ र सुचारु गर्न अध्यक्ष पदका लागि मैदानमा उत्रिएको बताए ।
सुशासन सहितको विकाशको बाटोमा अगाडी बढाउने तथा यस क्षत्रेको मानव विकास सुचांकलाई वृद्धि गर्दै समुन्नत वडा बनाउने कार्य योजना साथमा उनि स्वतन्त्र पदबाट उम्मेदवारी बनेको बताए ।
वडा अध्यक्ष पदका उम्मेदवार पाण्डेको प्रतिबद्धतामा शिक्षा ,स्वास्थ्य, कृषि तथा पशुपालन , खानेपानी ,युवा तथा खेलकुद ,वडा सरसफाई ,धार्मिक पर्यटन पूर्वाधार ,लक्षित समुदायका वडा बासिका नागरीकको आर्थीक उपार्जन बढाउने लगायतका कार्यक्रमलाई समेटेको बताए ।