स्वतन्त्र उम्मेदवार पाण्डेले पाए खानेपनीको धारा चुनाव चिन्ह
कपिलवस्तु-निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरूलाई शनिवार निर्वाचन चिह्न प्रदान गरेको छ ।निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरूलाई यसअघि नै तय गरिएका विभिन्न ४० प्रकारका चिह्नमध्येबाट प्रदान गरेको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा न ५ मा वडा अध्यक्ष पदका लागि अर्जुन बहादुर पाण्डेले स्वतन्त्र उम्मेदवारी दिनु भएका भएका पाण्डेलाई खाने पानीको धारा चिह्न प्रदान गरेको छ ।
गत स्थानिय तहको निर्वाचनमा एमालेवाट वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएका पाण्डे स्वतन्त्र उम्मेदवारीबाट वडा अध्यक्ष पदमा उत्रिनु भएको छ । उहाँले उम्मेदवारी फिर्ता लिने ठुलो आषमा रहेको एमाललाईे पाण्डेको उम्मेदवारी फिर्ता नभएपछि चुनौति थपिएको छ ।
बैशाख ३० मा हुने स्थिानिय तहको लागि स्थानीय निर्वाचनको लागि उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालय मार्फत निर्वाचन चिन्ह दिने काम सकिएको निर्वाचन आयोगले जनाएको छ।