Connect with us
Kapilvast Forest

विराटनगरमा स्वतन्त्रका मेयर उपमेयर दुवैलाई लाल्टिन चुनाव चिन्ह

२०७९, १७ बैशाख शनिबारमा प्रकाशित

विराटनगर  –  आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मेयर र उपमेयर पदका स्वतन्त्र उम्मेदवारले एउटै चुनाव चिन्ह पाएका छन्। विराटनगर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादव र उप मेयरका लागि स्वतन्त्र उम्मेदवार दिएकी नमिता न्यौपानेले चुनाव चिन्ह लालटिन पाएको छ।

शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले यादव र न्यौपानेलाई लालटिन चुनाव चिन्ह दिएको हो।यादव जसपाबाट मेयरका आकांक्षी थिए। तर, गठबन्धन गर्दा पार्टीले उपमेयर पाएपछि उनले पार्टी परित्याग गरेर मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनी २०७४ सालको स्थानी तहको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम र माओवादी केन्द्रबीच तालमेल हुँदा मेयरका उम्मेदवार बनेका थिए।

यता ०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट निर्वाचित उपमेयर इन्दिरा कार्कीसँग हार वेहोर्दै दोश्रो स्थान प्राप्त गर्न सफल न्यौपाने माओवादी केन्द्रबाट विद्रोह गरेर उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu