Connect with us
Kapilvast Forest

भक्तपुरका जनताको उद्घोषः भोट त ‘इट्टा भट्टामा मान्छे पोल्नेलाई हैन, वृद्धभत्ता दिनेलाई हो’

२०७९, १८ बैशाख आईतवारमा प्रकाशित

भक्तपुर-आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सत्ता गठबन्धन तथा एमालेलगायतका दलहरुको चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम तिव्र रुपमा भइरहेको छ । दलका उम्मेद्वारको अन्तिम नामावाली प्रकाशन भएसँगै जिल्लामा घरदैलो कार्यक्रमले तिव्रता पाएको हो ।

यसै क्रममा नेकपा एमालेले आफ्नो चुनावी घरदैलो कार्यक्रमलाई विशेष रुपमा महत्वका साथ अगाडी बढाएको छ । हिजो एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर बालकोटबाट शुरु गरिएको घरदैलो कार्यक्रम आज सूर्यविनायक नगरपालिका वडा नं. ४ मा गरिएको छ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा वागमती प्रदेशका सांसद शशी जंग थापाको साथमा सूर्यविनायक नगरपालिकामा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार बाशुदेव थापा, उपप्रमुख पदका उम्मेद्वार सरिता भट्टराई, वडाध्यक्षका उम्मेदवार भोला राउत, वडा सदस्य पदका उम्मेदवार राजु लवञ्जर श्रेष्ठ, विदुर खड्का, तारा सापकोटा तथा पम्फा परियार रहनुभएको थियो । घरदैलो कार्यक्रममा सयौं स्थानीयवासीले साथ र सहयोग गरेका थिए । गाम्चा चोकबाट शुरु गरिएको र्यालीमा वडाका अधिकाशं भागहरुमा स्थानीयवासीको सयौंको उल्लेख्य सहभागिता रहेको थियो ।

 

घरदैलो कार्यक्रममा स्थानीयवासीले एमालेका उम्मेद्वारलाई आर्शिवाद दिँदै विजय शुनिश्चितताको शुभकामना व्यक्त गरेका थिए । विकास र समृद्धिको सपनालाई यथार्थमा एमाले नेतृत्वमा आएसँगै भक्तपुरको मुहार नै ऐतिहासिक रुपमा परिवर्तन भएकाले अवको निर्वाचनमा एमालेको विकल्प अन्य पार्टी हुन नसक्ने स्थानीयवासीको तर्क रहेको थियो । यसै क्रममा स्थानीयवासी वृद्धवृद्धाहरुले भोट सूर्य चिन्हमा नै दिने स्पष्ट पारे । कांग्रेसका नेताहरुको नेतृत्वमा गरिव जनतालाई जिउँदै इट्टाभट्टामा जलाएको स्मरण गर्दै एमालेका उम्मेद्वारलाई आर्शिवाद दिँदै स्थानीय एक वृद्धले भन्नुभयो, ‘बाबु भोट त इट्टा भट्टामा जिउँदै मान्छे पोलेर मार्नेलाई हैन, बुढेसकालको साहारा वा सारथी बनेको वृद्धभक्ता दिने एमालेलाई नै दिने हो । ढुक्क हुनुहोस्, तपाईहरुको जित निश्चित छ । अरु त आउँछन् जान्छन्, भोट चाँही सूर्यमा नै दिने हो ।’

स्थानीय युवा तथा बुद्धिजीविहरुले भने वर्तमान अवस्थामा एमालेले नगरपालिका क्षेत्रमा गरेको विकासले नगरपालिकाको नयाँ युग शुरु भएकाले देशकै नमुना नगरपालिका बनाउनको लागि आगामी निर्वाचनमा एमालेको सूर्य चिन्हमा नै मतदान गर्ने विश्वास दिलाए । मिसन, भिजन, दृढताको साथमा भौतिक विकासको साथै आगामी दिनमा वातावरणीय तथा रोजगारीको अवस्था सिर्जना हुने प्रकारको योजना अगाडी ल्याउन युवा तथा वृद्धिजिवीहरुले सुझाव समेत दिए । विगतको लामो समयसम्म एमाले बाहेकका दलहरुले जिल्लामा नेतृत्व गर्दा विकासमा बक्तिमुनीको अध्यारो हुन परेको तितो यथार्थ स्मरण गर्दै आगामी पुस्ताले समेत धिक्कार्ने अवस्था नबनाउन एमालेको नेतृत्व आवश्यक रहेको औल्याए ।

उक्त माहोल तथा जनताको उत्साहले गर्दा एमालेका उम्मेद्वार विजयको ढोका नजिक पुगेको आभास गरेका छन् । उम्मेद्वारहरुले प्रकृयागत रुपमा आगामी ३० गते मतदान गर्नुपर्ने र नतिजा घोषणा भएको औपचारिकतालाई पर्खनुपर्ने दावी गरे । विजयको नतिजा हासिल गरी जनताको सेवामा खटिने प्रतिवद्धता जनाउँदै उम्मेद्वारहरुले आफुहरु निर्वाचित भएपश्चात विगतका गल्ती तथा कमजोरीहरु भएता पनि जनताको माग, चाहना र आवश्यकतालाई मध्यनजर गर्दै जनताको विकास प्रतिको मुर्छित सपनाहरुलाई विपनामा रुपान्तरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा नेकपा एमाले जिन्दावाद, भोट के मा ? सूर्यमा, आयो आयो, सूर्य आयो, सूर्यविनायकका जनता के भन्छन्, एमलोलाई ले भन्छन्, नेकपा एमाले हाइ हाई, अरु दल वाई वाईलगायतका नाराहरु लगाउँदै र्यलाी गरिएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu