Connect with us
Kapilvast Forest

गोरखामा जन्ती बोकेको जिप दुर्घटना, तीनको मृत्यु

२०७९, २० बैशाख मंगलवारमा प्रकाशित

 

 

गोरखा– गोरखामा जन्ती बोकेको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।चितवनबाट जन्ती लिएर आएको जिप फर्कने क्रममा आज साँझ सिरानचोक गाउँपालिका–५ आरुबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिएका छन् ।

बा. १४ च ७८१ नम्बरको जिप आरुबोटेको फिरफिरे भिरबाट झन्डै २०० मिटर तल खसेको उनको भनाइ छ । दुर्घटनामा परी मृत्यु भएकाहरूको पहिचान हुन बाँकी रहेको एसपी खनालले जानकारी दिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj