Connect with us
Kapilvast Forest

कपिलवस्तु शिवराजः आचारसंहिताको धज्जी उडाउँदै एमाले

२०७९, २१ बैशाख बुधबारमा प्रकाशित

कपिलवस्तु- निर्वाचन आचारसंहितालाई नेकपा एमालेले शिवराजमा धज्जी उडाएको छ । पार्टी प्रवेश कार्यक्रम भन्दै निर्वाचन आयोगले तोकेको मापदण्ड विपरित काम गरिरहेको छ ।
एमालेले युवाहरुलाई प्रयोग गरि ठुलो ठुलो साउण्ड,आचारसंहिता विपरितका झण्डा ब्यानर वितरण लगाएत काम गरिरहेको छ । बुधवार शिवराज नगरपालिका वडा ४ मा एक कार्यक्रमको आयोजना गरि पार्टीको टिसर्ट समेत वितरण गरेको छ ।

केहि दिन अघि पार्टी कार्यालय अघि एमालेले टागेका झण्डालाई प्रशासनले निकालेको थियो । निर्वाचन आयोग तथा प्रशासनको निर्देशनलाई अटेरी गर्दै एमालेले शिवराज नगरपालिका आफ्ना गतिविधि गरिरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj