Connect with us
Kapilvast Forest

विजयनगरमा १५ सैयाको अस्पताल बन्ने

२०७९, २३ बैशाख शुक्रबारमा प्रकाशित

 

दिपक के.सी.
कपिलवस्तु, –
कपिलवस्तुको विजयनगर गाउँपालिकामा १५ सैयाको अस्पताल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत पालिकामा अस्पताल बन्ने सम्झौता भएको छ । गाउँपालिकाको वडा नं. ६ बद्दौरमा करिब १४ कट्टा जग्गा अस्पताल निर्माण हुने भएको छ ।

गाउँपालिकामा गुणस्तरिय अस्पताल नहुँदा उपचारका लागी विरामीहरु बुटवल भैरहवा जानु पर्ने बाध्यतालाई समाधान गर्न आफु पदमा हुदाँ पहल गरी अस्पताल भवन पार्न सफल भएको गाउँपालिका निर्वतमान अध्यक्ष गोपाल थापाले बताउनु भयो ।

अस्पताल निर्माणका लागी जग्गा स्थानियहरुले उपलब्ध गराएको समेत उहाँले बताउनु भयो । स्वास्थ्यमा गाउँपालिकाका पहुँच नहुँदा नागरिकलाई परेको समस्याको समाधान गर्न सफल भएको थापाले बताउनु भयो । पाँच बर्षे कार्यकाल गाउँपालिकाको समग्र विकास निर्माणमा आफुले सक्दो प्रयास गरी सडक ,शिक्षा, भौतिक पूर्वाधार खानेपानी लगायतका क्षेत्र काम गरेको उहाँले बताउनु भयो । अब अस्पताल बन्ने भए पछि गाउँपालिका बासीको स्वास्थ्यमा समेत सहज पहुँच पुग्ने थापाले बताउनु भयो ।

अस्पताल निर्माणका गाउँपालिका र निर्माण कम्पनी विकेओआइ÷नव सिर्जनशिल जेभि बिच सम्झौता भएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले बताउनु भयो । १५ सैयाको अस्पताल १८ करोड १६ लाख ७१ हजारमा निर्माण सम्झौता भएको उहाँले जानकारी दिनु भयो । अस्पताल निर्माण अवधी २ बर्ष रहेको छ । निर्माण कम्पनीले २ बर्ष भित्रै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj