टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ- काठमाडौँको कलंकीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।बिहान ३ बजे बा ५ ख ७३४५ नम्बरको टिप्परको ठक्करबाट बा ८० प ६३७३ नम्बरको मोटरसाइकलका चालक धादिङका ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पतालमा बिहान उपचारका क्रममा मृत्यु भएको हो । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।