Connect with us
Kapilvast Forest

कपिलवस्तु नगरपालिकामा जसपा विजयी

२०७९, ५ जेष्ठ बिहीबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा जनता समाजवादी पार्टीका सुदीप पौडेल मेयरमा निर्वाचित भएका छन् ।

११ हजार ९०६ मत ल्याएका उनले नेकपा एमालेका राजेशकुमार गुप्तालाई तीन हजार भन्दा धेरै मतले पराजित गरे । राजेशले आठ हजार ७८२ मत पाए । त्यस्तै नेपाली कांग्रेसका किरण सिंहले सात हजार ५१ मत पाएका छन् ।

 

त्यस्तै उपमेयरमा जनता समाजवादी पार्टीकै सुनीता गुप्ता निर्वाचित भएकी छन् । उनले नौ हजार ५७० मत पाएकी छन् भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी तुलसादेवी पाण्डेले नौ हजार ३७९ मत पाएकी छन् ।

त्यस्तै नेपाली कांग्रेसकी नसरिन खातुनले सात हजार ८३१ मत पाएकी छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu