Connect with us
Kapilvast Forest

रेनु दाहालसँग ३ हजारभन्दा बढी मतले पछि परे विजय सुवेदी

२०७९, ५ जेष्ठ बिहीबारमा प्रकाशित

चितवन – भरतपुर महानगरपालिका, चितवनको मेयर पदकी उम्मेदवार रेनु दाहालले ३ हजार भन्दा बढी मतले अग्रता लिएकी छन् ।भरतपुरमा ३९ हजार ९६१ मत गनेर सकिंदा रेनुले १५ हजार १६२ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार १३६ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २६८ मत पाएका छन् ।

 

उपमेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ । उनकाले १७ हजार ५३५ मत पाएका छन् । उपमेयरको अर्का प्रत्यासी राप्रपाकी हिमला गुरुङले ९ हजार ७३२ मत पाएकी छन् ।

वडा नम्बर ९ को २ हजार ९४१ मत गणना हुँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले १ हजार २८६ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवारको पक्षमा ९५९ मत आएको छ ।वडा नम्बर १० को ७ सय मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवारले ३३० र नेकपा एमालेका उम्मेदवारले २३५ मत पाएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu