Connect with us
Kapilvast Forest

महिला हिंसा अन्त्यका लागि आन्दोलनको आँधी ल्याउनु पर्छ:अखिल अध्यक्ष बराल

२०७९, ६ जेष्ठ शुक्रबारमा प्रकाशित

 

काठमाडौं – नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले बलात्कारपीडित सुस्मिता रेग्मीको न्यायका लागि सबै एकजुट आह्वान गरेकी छन् । ८ वर्षअघि पटक–पटक बलात्कार हुँदा पनि सहन बाध्य भएको भन्दै सुस्मिताले सामाजिक सञ्जालमार्फत न्यायको याचना गरेपछि बरालले यस्तो आह्वान गरेकी हुन् ।

 

सामाजिक सञ्जाल फेसबुकमा वर्षौदेखि छोरीहरु समाज असुरक्षित रहेको भन्दै बरालले सौन्दर्य प्रतियोगिताका नाममा भएको शोषणबारे सुस्मिताले उठाएको सवाल गम्भीर भएको बताएकी छन् ।

उनले फेसबुमा लेखेकी छन्–

 

छोरीहरु कुनै न कुनै रुपले (शारीरिक, मानसिक, मनोवैज्ञानिक) रुपमा असुरक्षित हुने क्रम रोकिएको छैन । सुन्दरी प्रतियोगिताको सन्दर्भसँग जोडिएर सुस्मिता जी ले उठाउनु भएको विषयले गम्भीर बनाएको छ ।

सुस्मिताको न्यायको पक्षमा !

सदियौंदेखिको यौनजन्य हिंसाको श्रृंखलाको एउटा कारुणिक यथार्थकै रुप अहिले बहसमा आएको छ, ‘सुष्मिताको अस्मिता लुटिएको’ विषय। ६ महिनासम्म बन्धक बनाएकै शैलीमा गरिएको यो अपराध कुनै कोणबाट क्षम्य छैन।

घटना अहिले अनुसन्धानको क्रममा छ। आधा दशकभन्दा पछि यो विषय सार्वजनिक भएको छ। अनुसन्धानपछि घटनाको वास्तविकता आउने छ। र, पीडितले न्याय पाउने र यो कुकृत्यमा संलग्नले कानूनी कारबाही भोग्ने सुनिश्चित होस्। यसका लागि सबै सरोकारवालालाई दबाब दिन पनि जरुरी छ।

अब अति भो !

सुष्मिताले उठाएको आवाजको विषयमा पक्ष र विपक्षमा होइन, एकमतले न्यायका प्राप्तिको लडाइँमा जुट्नुपर्छ। एकमतले ती अपराधीलाई कारबाहीको दायरामा ल्याउन आन्दोलनको आँधी उठाउनुपर्छ। एकसाथ, समाजका यस्ता कलुसित चरित्रलाई परास्त गर्नुपर्छ। त्यसैले सुष्मिताको न्यायको पक्षमा हरेकले आवाज उठाऔं।

अनुसन्धान, अभियुक्तमाथि कानूनी कारबाही र पीडितको जीवनरक्षा र सुरक्षाका लागि आ–आफ्नो ठाउँबाट सबैले आवाज बुलन्द गरौं।

पुचश्चः ‘म कुनै पनि किसिमको हिंसा सहन्नँ। हिंसा हुन दिन्नँ, हिंसा गर्नेलाई कानूनी दायरामा ल्याउन र कानूनी कारबाहीका लागि अघि बढ्छु’ भन्ने भावना र उद्घोषका लागि अघि बढ्न सबैलाई आग्रह गदर्छु।

महिला हिंसाविरुद्धको लडाइँमा अहिलेसम्म कयौं ठाउँमा व्यक्तिगत रुपमा र मैले नेतृत्व गरेको संगठनको तर्फबाट पुगेकी छु, कानूनी उपचार खोजेर न्याय दिलाइएको छ। र, सुष्मिताको न्यायका खातिर तपाई–हामी एकाकार हुन जरुरी छ।हिंसामुक्त समाज निर्माण गर्ने दायित्व त्यसै पूरा हुँदैन। जागौं, बोलौं र न्यायका निम्ति डटेर लडौं।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu