Connect with us
Kapilvast Forest

धरान अपडेट : मतान्तर फराकिलो बनाउँदै लौरो, कांग्रेसभन्दा १५०९ मतले अगाडि

२०७९, ६ जेष्ठ शुक्रबारमा प्रकाशित

 

सुनसरी – धरान उपमहानगरपालिकामा ३९ हजार मत गनिसक्दा स्वतन्त्र उम्मेदवार हर्क साङपाङ निरन्तर अगाडि छन् । उनले ११ हजार ३३९ मत ल्याउँदा नेपाली कांग्रेसका किशोर राई ९ हजार ८३० मतका साथ पछ्याइरहेका छन् । दुईजनाबीचको मतान्तर १ हजार ५ सय ९ छ ।

 

एमालेबाट मेयर उम्मेदवार मञ्जु भण्डारी ८ हजार ७१ मत ल्याएर तेस्रो स्थानमा छिन् ।उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार ४२१ मत ल्याएका छन् । उनलाई नेकपा एमालेका पदम लिम्बुले १० हजार ९५८ मत ल्याउँदै पछ्याइरहेका छन् ।

 

अहिले ११, १२, १३ वडाको गणना भइरहेको छ । बाँकी १५, १६ र १७ को भने बाँकी रहेको धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए । उनले धरानको मत परिणाम अबको तीन दिन भित्रमा आइसक्ने समेत बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu