Connect with us
Kapilvast Forest

बढी मत भेटिएपछि रंगेलीमा तनाव, प्रहरीद्वारा दुई राउण्ड अश्रुग्यास प्रहार

२०७९, ६ जेष्ठ शुक्रबारमा प्रकाशित

 

विराटनगर-प्रहरी र राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि रंगेली तनावग्रस्त भएको छ।मतगणनाको क्रममा खसेको भन्दा बढी मत फेला परेको बिषयलाई लिएर मोरङको रङ्गेलीमा प्रहरी र राजनितिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि रंगेलीमा तनाव सृजना भएको हो।

मतगणनामा धाँधली गर्न खोजिएको भन्दै राजनितिक दलका कार्यक्रमहरुले विवाद सृजना गरेपनि प्रहरी र कार्यकर्ताबीच झडप भएको हो। मतगणना स्थलको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई कार्यकर्ताहरूले ढुुङ्गामुडा गरेपछि झडपको अवस्था सिर्जना भएको स्थानीयहरु बताउँछन्।

मतगणना स्थलको सुरक्षा र अवस्था नियन्त्रणका निम्ति बल प्रयोग गर्ने क्रममा प्रहरीले दुई राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको छ।

रङ्गेली नगरपालिका वडा नं. ७ को मतगणनाको क्रममा १०७ मत बढी फेला परेपछि शुक्रबार बिहानैदेखि नेकपा (एमाले) बाहेकका राजनितिक दलका कार्यकर्ताहरूले विरोध गर्दै आइरहेका थिए । यसै कारण रङ्गेलीको अन्य वडाको मतगणना समेत स्थगित गर्नुपरेको थियो । कुल ३२४२ मत खसेको रङ्गेली–७ मा मतगणनाको क्रममा ३३४९ मत फेला परेपछि विवाद सुरु भएको थियो ।

कम्प्युटरमा मत प्रविष्टिका क्रममा प्राविधिक गडबडी भए पछि समस्या बल्झिएको रङ्गेलीका निर्वाचन अधिकृत रामहरी काफ्लेले बताएका छन् ।उनले प्राविधिक त्रुटीका कारण कम्प्युटरमा बढी मत प्रविष्टि भएको स्वीकार गर्दै उनले आफूहरुले वडा नं. ७ बाट १० वटा मतपेटिका बुझिएको बताए ।उनले भने, ‘तर, मतगणना गरी कम्प्युटरमा प्रविष्टि गर्ने क्रममा भएको प्राविधिक त्रुटीका कारण १०७ मत बढी प्रविष्टि भएको रहेछ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu