Connect with us
Kapilvast Forest

विराटनगर महानगर : उपमेयर पदको ३४ हजार बढी मत बदर

२०७९, ७ जेष्ठ शनिबारमा प्रकाशित

प्रतिनिधिमुलक

 

काठमाडौं- विराटनगर महानगरपालिकाको उपमेयरमा निर्वाचितले पाएको भन्दा बदर मत बढी भेटिएको छ ।उपमेयरमा निर्वाचित एमाले उम्मेदवार शिल्पा कार्कीले २५ हजार ६८० मत पाएकी छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपमेयर पदमा मात्रै ३४ हजार १६७ मत बदर भएको छ ।

एक लाख ३३ हजार १४२ मतदाता रहेको विराटनगरमा ८९ हजार ३७८ मत खसेको थियो । जसमध्ये मेयरमा ६८ हजार ३६ र उपमेयर पदमा ५५ हजार २२९ मत सदर भएको थियो । मेयरमा २१ हजार ३५८ र उपमेयरमा ३४ हजार १६७ मत बदर भएको छ ।

उपमेयर पदमा बदर भएको मत करिब ३८ प्रतिशत हो । मेयरमा करिब २४ प्रतिशत मत बदर भएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा विराटनगरको मेयर–उपमेयरमा २४ प्रतिशत मत बदर भएको थियो ।

मेयरमा निर्वाचित नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरे । एमालेका उम्मेदवार सागर थापाले २१ हजार ४५५, स्वतन्त्र उम्मेदवार उमेश यादवले आठ हजार ७९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले ५२१६ मत पाए ।

उपमेयरमा कार्कीले २५ हजार ६८० मतसहित निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका जसपा उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २१९, राप्रपा उम्मेदवार विन्दा लुइँटेलले ६ हजार ४०१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले पाँच हजार ११७ मत पाएका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बदरमध्ये अधिकांश मत उम्मेदवार नभएको चुनाव चिह्नमा परेको छ ।

नेपाली काङ्ग्रेस विराटनगरका सभापति दिपक चापागाई वडा तहसम्म गठबन्धन नभएका कारण मत बदर भएको बताउँछन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu