सुनिताको विशाल अग्रता
काठमाडौं-काठमाडौं महानगरपालिकाको उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डंगोलले विशाल अग्रता बनाएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वीले भन्दा २२ हजार बढीको मतान्तर बनाएकी हुन् ।
शनिबार राति १० बजेको आधिकारिक मतगणना अपडेटअनुसार सुनिताले ३४ हजार ३० मत पाएकी छन् । यस्तै सत्ता गठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार ८४२ मत पाएका छन् ।