Connect with us
Kapilvast Forest

इटहरी उपमहानगरपालिकाको मेयरमा कांग्रेसका हेमकर्ण निर्वाचित

२०७९, ८ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं-इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित भएका छन् ।गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेल एमालेका यामकुमार चुङ्गवाङलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । उनले ३३०४९ मत ल्याएका छन् भने एमालेका यामकुमारले २८०३१ मत पाए । तेस्रो भएका राप्रपाका आकाश हाङ्ग लिम्बुले ३९०८ मत पाए ।

 

उपमेयरमा भने एमालेकी संगीताकुमारी चौधरी निर्वाचित भएकी छन् । उनले नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई पराजित गर्दै विजयी भएकी हुन् । चौधरीले ३२४३६ मत ल्याइन् भने विष्टले १८०३१ मत पाए । तेस्रो भएकी राप्रपाकी वविताकुमारी चौधरीले ४७१९ मत ल्याइन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu