Connect with us
Kapilvast Forest

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

२०७९, ८ जेष्ठ आईतवारमा प्रकाशित

 

काठमाडौं -नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जनाएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुन तोलामा ७०० रुपैयाँले बढेको जानकारी दिएको हो । यस्तै, आज चाँदीको बिक्री मूल्य स्थिर छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० र तेजाबी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ थियो ।

 

सुनको मूल्य बढेको दिन चाँदीको कारोबार मूल्य भने स्थिर छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज गत साताको शुक्रबारकै कारोबार मूल्यमा खरिद÷बिक्री भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu