शिवराजका नवनिर्वाचित नगर प्रमुख थापाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
अर्जुन बेल्बासे , कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख अजय थापाले आज पद तथा गोपनियताको सपथ ग्रहण लिनुभएको छ ।नव निर्वाचित नगर थापालार्ई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस तेजेन्द्र प्रसाद शर्माले शपथ ग्रहण गराउनु भएको हो ।
जिल्ला मुख्य निर्वाचन कार्यालय पुगेर शपथ ग्रहण लिनु भएका थापाले पदभार ग्रहण पश्यात आज नै शिवराजका उपप्रमुखसहित वडाध्यक्षहरु तथा वडा सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले जानकारी दिनु भयो ।
नगर विकासका लागी सदैव तत्पर रहने छु म अफु पनि भ्रष्टाचार गर्दिन आरूलाई पनि गर्न दिन्न भन्दै पद तथा गोपनियताको सपथ ग्रहणगर्नु भएका नगर प्रमुख थापाले यहाँहरुले दिएको मतको सम्मान गर्दै अगाडि बढ्ने छु भन्नु भएको छ ।