Connect with us
Kapilvast Forest

कपिलवस्तुमा आगलागी हुँदा साढे ४ लाखको क्षति

२०७६, १६ आश्विन बिहीबारमा प्रकाशित

१६ असोज, कपिलवस्तु । कपिलवस्तुको यसोधरा गाउँपालिका-८ शिवपुरमा बिहीबार विहान आगलागी हुँदा करिब साढे ४ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसोधरा गाउँपालिका-८ शिवपुरका ५८ वर्षीय नन्दलाल तेलीको गोठमा आगलागी हुँदा गोठ, गोठभित्र रहेको लु.१३ प १९४१ नम्बरको मोटरसाइकल तथा पानी तान्ने पम्पसेट पूर्णरुपमा जलेर क्षति हुँदा ४ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा नन्दलाल तेली समान्य घाइते समेत भएका छन् ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको थियो । आगलागीको कारण भने खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu