Connect with us
Kapilvast Forest

भरतपुरको मेयर रेनु दाहालको घोषणा- महिनामा ७ हजार लिटर खानेपानी नि:शुल्क

२०७९, ११ जेष्ठ बुधबारमा प्रकाशित

चितवन-चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले पदभार ग्रहण गर्दै महिनामा सात हजार लिटर खानेपानी नि:शुल्क दिने घोषणा गरेकी छन्।

खानेपानीमा गरिएको यो छुटले महानगरभित्रका ५२ प्रतिशत सेवाग्राही लाभान्वित हुने उनले दाबीसमेत गरेकी छन्।साथै उनले आगामी आर्थिक वर्षदेखि नगरबासीका छोरीहरूका लागि जीवन बीमा गर्ने निर्णयमा पनि हस्ताक्षर गरेकी छन्।

आगामी आर्थिक वर्षबाट यो बीमा कार्यक्रम लागू हुनेछ। छोरीहरूका लागि एक लाख रूपैयाँको जीवन बीमा गर्ने निर्णय महानगरको छ।महानगरले गरिदिने बीमामार्फत् १५ वर्षपछि एक लाख रूपैयाँ पाइनेछ। यो बीमाको व्यवस्था सरकारी अस्पतालमा जन्मिएका छोरीहरूका हकमा मात्रै लागु हुनेछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu